यसकारणले तपाईंको फोक्सो कालो हुनसक्छ, जान्नुहोस् यसको लक्षणका साथै बच्ने उपायका बारेमा

संसारमा यस्ता धेरै रोग छन् जो धेरै ग-म्भीर छन् तर यसका बारेमा हामीलाई थाहा पनि हुँदैन। त्यस्तै एउटा रोग हो ब्ल्याक लंग डिजीज अर्थात् फोक्सो कालो हुने रोग। यस रोगलाई कोल ओर्कर नीमोकोनियोसिस पनि भनिन्छ। यो रोग ग-म्भीर भएता पनि आनुवंशिक छैन र यो संक्रामक पनि छैन। यद्यपि, कोइला खानीमा काम गरिरहेका लाखौं मानिस यस रोगको जोखिममा हुन सक्छन्, किनकि यो रोग तब हुन्छ जब एक व्यक्ति कोइलाको धूलोमा धेरै समय सम्पर्कमा आउँछ। यस रोगका कारण र लक्षणहरूको बारेमा जानौं …

कारण 

ब्ल्याक लंग डिजीजलाई काम-सम्बन्धित रोग मानिन्छ। जब तपाईं कोइलाको धूलोमा लामो समय सम्म सास फेर्नुहुन्छ भने तपाईंलाई यो रोग हुने सम्भावना बढी हुन्छ। जब तपाईं कोइलाको धूलोमा सास फेर्नुहुन्छ, यसको कणहरू तपाईंको वायुमार्ग र फोक्सोमा गएर बस्छन्। यसो हुँदा सुन्निन सक्छ र पछि फोक्सो पूर्ण रुपमा कालो हुन्छ। तर यो रोग लाग्ने सम्भावना यस कुरामा भर पर्छ कि धुलो शरीरमा कति लामो समयदेखि छ।

लक्षण 

अमेरिकी लंग एसोसिएसनका अनुसार ब्ल्याक लंग डिजीज रोगको लक्षण विकास हुन धेरै वर्ष लाग्न सक्छ। प्रारम्भिक चरणमा यसको सामान्य लक्षणहरू खोकी, सास फेर्न अप्ठेरो हुनु र छातीमा दुख्नु हो। केहि समयपछि भने खोकीका साथै कालो बलगम पनि बाहिर आउन सक्छ। यदि रोग ग-म्भीर छ भने यसले अक्सिजनलाई रक्त प्रवाहमा पुग्न रोक्न सक्छ र हृदय र दिमागलाई पनि बिगार्न सक्छ।

बच्ने उपाय 

स्वास्थ्य सम्बन्धि जानकारी दिने वेबसाइट वेबएमडीका अनुसार यदि तपाईं कोइला खानीमा काम गर्नुहुन्छ भने तपाईं केही उपायहरू अपनाएर यस रोगबाट बच्न सक्नुहुन्छ, जस्तै-

  • काम गर्दा मास्क प्रयोग गर्नुहोस्
  • छालामा पर्ने धुलो समय समयमा सफा गर्नुहोस्
  • खान खानु वा पानी पिउनु अघि आफ्नो हात र मुख राम्रोसँग सफा गर्नुहोस्
  • धुम्रपान नगर्नुहोस्
  • नियमित रूपमा छातीको एक्स-रे गराउनुहोस्
  • यदि कुनै समस्या आयो भने तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोला
प्रकाशित : शुक्रबार, चैत १३, २०७७२०:०४

गर्मीमा कपाललाई सुरक्षित राख्न घरमै अपनाउनुस् यी उपाय !