‘स्क्याम १९९२’ देखि ‘द बिग बुल’ सम्म, यी हुन् एउटै कहानीमा बनेका बलिउड फिल्म

एजेन्सी : कङ्गना रनौतको जन्मदिनको अवसरमा उनको आउँदो फिल्म फिल्म ‘थलाइवी’ को ट्रेलर रिलिज गरिएको छ। यो फिल्म २३ अप्रिल सिनेमाघरमा रिलिज हुनेछ। यो फिल्म भारतको तमिलनाडुको पूर्व मुख्यमन्त्री तथा एक समयको चर्चित अभिनेत्री जयललिताको जीवनमा आधारित छ।

यो भन्दा अघि जयललिताको जीवनीमा ‘क्वीन’ वेब सिरिज बनेको थियो, जसमा रम्या कृष्णनले प्रमुख भूमिका निभाएका थिए। यो सिरिज ‘थलाइवी’ अघि सन् २०१९ मा रिलिज गरिएको थियो, जसलाई खुब मन पराइएको थियो। थलाइवी र क्वीन अघि अहिलेसम्म थुप्रै फिल्म र सिरिज एउटै विषयवस्तुमा बनेका छन्।

द बिग बुल – स्क्याम १९९२ 

सन् २०२० मा सोनी लिभमा स्ट्रिम भएको सिरिज १९९२ हर्षद मेहताको जीवनमा आधारित थियो, जसमा प्रतीक गान्धीले प्रमुख भूमिका निभाएका थिए। सिरिजमा कसरी हर्षद स्टक मार्केटको राजा बने भनेर देखाईएको छ। अब छिट्टै यहीँ विषयवस्तुमा अर्को फिल्म ‘द बिग बुल’ रिलिज हुँदै छ जसमा अभिषेक बच्चन, हर्षद मेहताको भूमिकामा हुनेछन्। यो फिल्म ८ अप्रिलमा रिलिज हुनेछ।

बाला- उजडा चमन

आयुष्मान खुराना, यामी गौतम र भूमी पेडनेकर स्टारर फिल्म बाला  सन् २०१९ मा रिलिज भएको थियो। यो फिल्ममा बाल नामको एक युवकको कहानी देखाईएको छ, जसको युवावस्थामै कपाल झर्न सुरु हुन्छ। यहीँ वर्ष अर्को फिल्म पनि रिलिज गरिएको थियो, जसको टाइटल थियो उजडा चमन। दुवै फिल्मको विषयवस्तु र कहानी बिल्कुलै समान थियो, जसले दुवै फिल्मका निर्मातालाई समस्यामा पारेको थियो। लामो विवादपछि उजडा चमन फिल्म बालाको एक हप्ता अघि रिलिज गरिएको थियो।

देवदास- देव डी

शाहरुख खान, ऐश्वर्या राय र माधुरी दीक्षित स्टारर ब्लकबस्टर फिल्म देवदास अघि यस्तै कहानीको फिल्म बनिसकेको थियो। पहिलो फिल्म के.एल सहगलको भूमिकामा सन् १९३६ मा बनेको थियो र दोस्रो फिल्म दिलिप कुमारको भूमिकामा बनेको थियो। दुवै फिल्म बक्स अफिसमा हिट भएका थिए। त्यसपछि शाहरुखको देवदास सन् २००२ मा रिलिज भएको थियो। यो फिल्मले पनि तहल्का मच्चाएको थियो। त्यसपछि देवडी र दास देव रिलिज बाहे जुन पुरानो फिल्मकै कहानीमा बनेको थियो।

शहीद-ए-आजाद भगत-भगत सिंह

स्वतन्त्रता सेनानी भगत सिंहको जीवनीमा आधारित एउटा या दुइटा मात्र नभई ६ फिल्म बनिसकेका छन्। उनको जीवनमा आधारित भएर बनाईएको पहिलो फिल्म सन् १९५४ मा रिलिज भएको थियो, जुन फिल्मको टाइटल शहीद-ए-आजाद भगत थियो। त्यसपछि दोस्रो फिल्ममा शम्मी कपूरले लिड रोल निभाएका थिए। त्यसपछि सन् २००२ मा तीन फिल्म रिलिज भएको थियो, जसमा अजय देवगन, बबी देओल र सोनु सूदले भगत सिंहको भूमिका निभाएका थिए।

इश्कजादे- गोलियों की रामलीला-रामलीला

विश्वविख्यात महान् लेखक तथा सुप्रसिद्ध नाटककार विलियम शेक्सपियरको रोमियो एण्ड जुलियटमा अहिलेसम्म ५ हिन्दी फिल्म बनिसकेका छन्। पहिलो फिल्म ‘एक दूजे के वास्ते’ थियो। यहीँ कहानीमा सन् १९९८ मा ‘कयामत से कयामत तक’ रिलिज भएको थियो।रोमियो एण्ड जुलियटको कहानीमा इसक, इश्कजादे र गोलियो की रासलीला- रामलीला फिल्म बनेका थिए। सबै फिल्मका विषयवस्तु एक-अर्कामा मेल खान्छन्।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१९:४६

मनकारी सोनु सूद, फेरी गर्ने भए ३०० बालिकालाई सहयोग !