नेपोटिज्मलाई करण जोहरको समर्थन : यिनले नै बनाईदिएका हुन् यी ४ स्टारकिड्सको करियर

एजेन्सी : बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूरको बलिउड डेब्युको चर्चा लामो समयदेखि चल्दै आएको थियो। अहिले समय आएको छ। बलिउडमा एक अर्की क्युट गर्लले प्रवेश गर्दैछिन्। यस पटक पनि तिनको जिम्मेवारी निर्माता तथा निर्देशक करण जोहरले लिएका छन्।

नेपोटिज्मलाई समर्थन गरेको भन्दै करण जोहरको सामाजिक सञ्जालमा निकै आलोचना हुने गर्छ। फेरी पनि उनले एक अर्की स्टारकिड्स लन्च गर्दै छन्। अब हेर्न बाँकी छ कि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यसलाई कसरी हेर्छन्। खैर, आज हामी तपाईलाई ती स्टारकिड्सका बारेमा बताउँछौँ जसलाई करण जोहरले आफ्नो फिल्मबाट बलिउडमा लन्च गरे।

Alia Bhatt (आलिया भट्ट) : – 

चलचित्र निर्देशक तथा निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदानकी छोरी आलिया भट्टले दिदी पूजा भट्टको फिल्म ‘सङ्घर्ष’ बाट बालकलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी थिईन्।

तैपनि उनले पहिलो ब्रेक करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द ईयर’ बाट सन् २०१२ मा पाएकी थिईन्। त्यतिबेला उनी मात्र २० वर्षकी थिईन्। अहिले आलिया बलिउड फिल्म इन्डस्ट्रीको चर्चित नाम बनेकी छिन्।

Varun Dhawan (वरुण धवन) : – 

बलिउड इन्डस्ट्रीमा आफ्नो कमेडी फिल्मबाट सबैले हँसाउने डेविड धवनका छोरा वरुण धवनले पनि करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट नै करियरको सुरुवात गरेका थिए।

अहिले अभिनेता वरुण बलिउडको लिडिङ एक्टर्स मध्ये एक हुन्।

Janhvi Kapoor (जाह्नवी कपूर) : – 

निर्माता बोनी कपूर र दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी छोरी जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिईन्।

त्यतिबेला जाह्नवी २१ वर्षकी थिईन्। यो फिल्मको निर्माण करण जोहरले जी स्टुडियोजसँग मिलेर गरेको थियो। हालै मात्र जाह्नवीको फिल्म ‘रूही ‘  रिलिज भएको छ।

Ananya Panday (अनन्या पाण्डे) : – 

बलिउड अभिनेता चङ्की पाण्डेकी छोरी अनन्या पाण्डेलाई पनि बलिउड इन्डस्ट्रीमा करण जोहरले नै ल्याएका हुन्। उनले अनन्यालाई ‘स्टुडेन्ट अफ द ईयर २’ मा मौका दिए, जुन अनन्याको पहिलो फिल्म थियो।

यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो। अनन्याले २० वर्षको उमेरमै बलिउडमा डेब्यु गरेकी थिईन्।

Shanaya Kapoor (शनाया कपूर) : –

अब पालो बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूरको। शनाया कपूरले हालै धर्मा प्रोडक्सनबाट बलिउडमा डेब्यु गर्न लागेको जानकारी दिएकी छिन्।

उनी अहिले २१ वर्षकी छिन्। अब हेर्न बाँकी छ कि उनलेआफ्नो अभिनयले दर्शकको मन जित्न सफल हुन्छिन् या असफल हुन्छिन्।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१९:५१

मेकअप रुममा यस्तो हुन्छ बलिउड सुन्दरीको हालत, तस्बिरले सोच्न बाध्य बनाउँछ