रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी

काठमाडौं । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनी सोही अस्पतालमा उपचारारत थिए ।

पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्ममिएका नेता जोशी काठमाडौँ क्षेत्र नं। ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : शनिबार, चैत १४, २०७७०७:३२

“हाम्रो अथक मेहनतले मेलम्ची सफल भयो”