एजेन्सी – इटालियन क्लब युभेन्टसले आफ्ना पुर्व मिडफिल्डर पल पोग्वा अनुबन्धको योजना बनाएको छ । जसका लागि युभेन्टसले आरोन राम्सी र एड्रियन राविओटलाई बेच्ने तयारी गरेको छ ।
सिरी ‘ए’ च्याम्पियन युभेन्टसले पोग्वालाई क्लबमा फर्काउनको लागि प्रयास थालिरहेको छ । युनाइटेडमा पोग्वाको सम्झौता अर्काे समरसम्म रहेको छ । यस्तै युभेन्टसले सिरी ‘ए’ क्लब सास्सुलोका मिडफिल्डर म्यानुयल लोकाटोलीलाई पनि अनुबन्ध गर्ने योजना बनाएको छ ।
क्लबले क्लबका केही खेलाडी बेचेर रकम जम्मा गर्ने योजना बनाएको छ । जसमा राम्सी र राविओटसँगै अन्य नाम चलेका खेलाडीहरु रहेका छन् । यि दुई मिडफिल्डरले चोटका कारण यो सिजन धेरै खेल खेल्न पाएका छैनन् ।
वेल्सका ३० वर्षीय चोटका कारण अन्तर्राष्ट्रिय खेलमा सहभागी छैनन् । इटालियन सञ्चार माध्यमका अनुसार उनी प्रिमियर लिगमा फर्कन सम्भावना पनि रहेको छ । उनलाई अनुबन्ध गर्न क्रिस्टल प्यालेससँगै अन्य क्लबले चासो देखाएका छन् । राम्सीले यो सिजनको २७ मध्ये १२ खेला मात्रै सुरुवाती रोजाईमा मौका पाएका छन् ।
राम्से ११ वर्ष आर्सनलको बसाईपछि २०१९ मा युभेन्टस पुगेका थिए । राविओट २०१९ मा पीएसजीबाट युभेन्टस पुगेका थिए । पोग्वा २०१६ मा युभेन्टस छाड्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका थिए । उनी २०१२ मा म्यानचेस्टर युनाइटेड छाड्दै युभेन्टस पुगेका थिए । उनले युभेन्टसमा ४ सिजन बिताउदा १७८ खेलमा ३४ गोल गरेका थिए ।