केतुले गर्दैछ नक्षत्र परिवर्तन, यी राशि हुनेहरु रहनुस् सावधान !

एजेन्सी – केतु ग्रह एक छायाँ ग्रह हो। वास्तविकतामा यस ग्रहको अस्तित्व हुँदैन। तैपनि ज्योतिषशास्त्रमा केतु ग्रहको विशेष स्थान दिइएको छ। कुनै पनि राशिको स्वामित्व प्राप्त नभएपनि केतु ग्रहलाई अध्यात्म, वैराग्य, मोक्ष आदिको कारक मानिन्छ। केतु ग्रहले आफ्नो स्थिति अनुसार हरेक राशिमा प्रभाव पार्ने ज्योतिषीहरु बताउँछन्।

केतु ग्रह हाल वृश्चिक राशिमा छ। सन् २०२१ भर केतु ग्रह सोहि राशिमा रहनेछ। तर केतुले जून महिनाको २ तारिख अथवा जेठ १९ गते नक्षत्र परिवर्तन परिवर्तन गर्नेछ।  यस्तो हुँदा हरेक राशिमा भिन्न-भिन्न प्रभाव पर्नेछ।

कुन राशिमा कस्तो प्रभाव ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

केतुको नक्षत्र परिवर्तनले मेष राशि हुनेहरुको जीवनमा दुख र कष्ठ बढाउनेछ। शारीरिक मात्र नभई मानसिक रुपमा पनि तनाव बढ्दा नियमित कार्यहरु प्रभावित हुनेछन्। दुर्घटनामा पनि पर्न सकिने सम्भावना रहन सक्ला। विशेष गरेर सवारीसाधन प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक रहनेछ। परिवारमा पनि कलह बढ्न सक्ने देखिन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

केतुले नक्षत्र परिवर्तन गर्दा वृष राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुने देखिन्छ। प्रेम जीवन तथा पारिवारिक जीवनमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्दा मानसिक रुपमा बलियो भएको महसुस हुनेछ। त्यस्तै आर्थिक रुपमा पनि समय सोचेजस्तै रहन सक्ला। स्वास्थ्यले पनि साथ दिने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

केतुको नक्षत्र परिवर्तन मिथुन राशि हुनेहरुका लागि खासै लाभप्रद रहने देखिँदैन। जीवनमा उतार-चढावको सामना हुनेछ भने सामाजिक रुपमा अपहेलित हुनुपर्ने समय आउनेछ। बिना आधार लान्छना लाग्न सक्ने हुँदा सतर्क रहनु होला। कानुनी रुपमा पनि झमेला बढ्न सक्ला। आफ्नैहरुबाट धोका हुन हुँदा मन विचल्लित हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

केतुको नक्षत्र परिवर्तनले कर्कट राशि हुनेहरुको जीवनमा पनि कष्ट बढाउनेछ। पारिवारिक सदस्यहरुको स्वास्थ्य मानसिक तनावको मात्र नभई आर्थिक समस्याको पनि कारण बन्नेछ। धेरै समय देखिका योजनाहरु रोकिनेछन् भने व्यवसायमा पनि बाधा उत्पन्न हुनेछ। बोलि तथा व्यवहारमा पनि नियन्त्रण आवश्यक रहला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

केतुको नक्षत्र परिवर्तन सिंह राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। आर्थिक पक्षमा केतु नक्षत्र परिवर्तनको कुनै पनि नकारात्मक असर हुनेछैन। घर-जग्गा जोड्ने अवसर मिल्नुका साथै नयाँ कार्य थालनीको माहोल बन्नेछ। तर प्रेम जीवन तथा पारिवारिक जीवनमा भने केतुको नकारात्मक असर रहनेछ। घर-परिवारमा कलह बढ्न सक्ने हुँदा व्यवहारमा नियन्त्रण राख्नु होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

केतुको नक्षत्र परिवर्तन पश्चात कन्या राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तनहरु हुनेछन्। नसोचिएको क्षेत्रबाट पनि लाभ मिल्नेछ। आशानै नगरिएको कार्य सफल हुँदा आर्थिक रुपमा सवल हुने मौका मिल्नेछ। शत्रु सहजै पराजित हुँदा अड्किएका कार्यहरु सुचारु हुनेछन्। त्यस्तै स्वास्थ्यमा रहेका समस्या पनि दूर हुनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

केतु नक्षत्र परिवर्तनले तुला राशि हुनेहरुको स्वास्थ्यमा प्रभाव पर्ने देखिन्छ। पूराना स्वास्थ्य समस्या बल्झिदा दैनिकीनै प्रभावित हुनेछ भने खर्च पनि बढ्नेछ। बन्न लागेका कार्यहरु पनि रोकिन सक्लान्। कानुनी रुपमा पनि समस्या बढ्न सक्ने देखिन्छ। सकेसम्म टाढाको यात्रा नगरेकै उचित रहनेछ। यधपी शिक्षाको क्षेत्रमा भने सफलता मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

केतुको नक्षत्र परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई मिश्रित परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने पदोन्नतीको सम्भावना पनि रहनेछ। तर, स्वास्थ्य समस्याहरू भने बढेर जानेछन्। त्यस्तै बोलिमा नियन्त्रण नहुँदा लज्जित हुनुपर्ने अवस्था बन्न सक्छ। प्रेम जीवन तथा पारिवारिक जीवन भने सोचेजस्तै रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

केतुको नक्षत्र परिवर्तन पश्चात धनु राशि हुनेहरुको खर्चमा वृद्धि हुनेछ। सोच-विचार नगरी गरिएका खर्चहरुले आर्थिक समस्या पैदा गर्न सक्ला। दाम्पत्य जीवन भने सुखद नै रहने देखिन्छ। त्यस्तै लामो समय देखि अड्किएका कार्यहरुमा पनि सफलता मिल्नेछ। कामको शिलशिलामा कतै टाढाको यात्रा पनि हुन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भाग्यको साथ मिल्नेछ। आयमा वृद्धि हुनेछ। नयाँ कार्य थालनी गर्ने तथा पूराना व्यवसायलाई विस्तार गर्ने योजना सफल हुँदै जानेछ। कानुनी रुपमा रहेका समस्या देखि छुट्कारा मिल्ने मात्र नभई राम्रो महत्व राख्ने पद पनि मिल्नेछ। राजनीतिक रुपमा पनि केतुले फाइदा पुर्याउने देखिन्छ। प्रेम जीवन पनि सुखद नै रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कुम्भ राशि हुनेहरुको लागि केतुको नक्षत्र परिवर्तन सुखद रहने देखिँदैन। जीवनमा नयाँ-नयाँ चुनौती थपिनेछन्। कार्यक्षेत्रमा पनि सोचेजस्तो वातावरण नबन्दा मन विचल्लित हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। केतुका कारण शत्रु पनि सकिए भएर जानेछन्। धेरै समय देखिको योजना रद्द गर्नुपर्ने अवस्थाको शिर्जना पनि हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

केतुक नक्षत्र परिवर्तन मीन राशि हुनेहरुका लागि सुखद रहनेछ। सामाजिक रुपमा गरिएका कार्यहरुले मान-सम्मान दिलाउनेछन्। धार्मिक कार्यहरुमा सहभागी हने मौका मिल्दा मन आनन्दित रहनेछ। व्यापार तथा व्यवसायमा सोचे जस्तै लाभ मिल्नेछ। यधपी खर्चमा भने नियन्त्रण आवश्यक रहनेछ। पूराना मित्रजनसँग भेटघाट पनि हुन सक्ला।

प्रकाशित : शनिबार, चैत १४, २०७७१२:२४

माता लक्ष्मीलाई प्रशन्न पार्न राशि अनुसार उच्चारण गर्नुहोस् यी मन्त्र, हुनेछ धनको वर्षा !