एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको घोषणा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन केहि दिनमै फिर्ता हुने बताएका छन्। शनिबार आयोजित एक कार्यक्रममा बोल्नेक्रममा प्रचण्डले सरकारलाई दिएको समर्थन आउने केहि दिनमै फिर्ता हुने बताएका हुन्।

बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले समर्थन फिर्ता नलिन आफूलाई दबाव रहेको बताए। राजनीतिक र नैतिक रूपमा आफू धेरै कुर्न नसक्ने उनको भनाई छ।

प्रचण्डले भने,”हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ। नलिई है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन्। अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।”

ओली विरुद्ध राजनीतिक दलहरु बीच समझदारी बनोस् भनेर मात्र आफूलाई समर्थन फिर्ता नलिएको प्रचण्डले बताए। राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने चाहना आफ्नो रहेको उनले सुनाए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सडकमा एक भएका पार्टीहरु बीच समझदारी होस् भन्ने आफूले चाहेको प्रचण्डको भनाई छ।

त्यस्तै प्रचण्डले जनता एकतावद्ध भएर आवाज उठाएपछि ओलीको सेटिङ भत्किएको पनि बताए। जनता अगाडी आएको कारण नै संसद पुनःस्थापना भएको प्रचण्डको जिकिर छ।

प्रकाशित : शनिबार, चैत १४, २०७७१५:३४

होली पर्वको अवसरमा नेपाल प्रहरीको विशेष अनुरोध !