यो मन्दिरमा प्रवेश गर्न पुरुषले पनि सोह्र शृङगार गरेकै हुनुपर्छ !

काठमाडौँ । भारतको करला स्थित एक मन्दिरमा पुरुषलाई महिलाको जस्तै भेष र सोह्र सिंगार नगरी प्रवेश गर्न रोक लगाइएको छ । केरलाको कोल्लम जिल्लो स्थित कोट्टनकुलंगरा श्रीदेवी नामको मन्दिरमा अन्य मन्दिरको भन्दा छुट्टै नियम रहेको छ ।

उक्त मन्दिरमा जाने जो कोही पुरुषले १६ सिंगार गर्नै पर्ने चलन छ । हरेक वर्ष ‘चाम्‍याविलक्‍कू पर्वको आयोजनामा मन्दिरमा हजारौँ पुरुषहरु १६ सिगांरमा सजिएर पुगेका हुन्छन् । जुन मन्दिर परिसरमा पुरुषहरुलाई सिंगार गर्ने व्यवस्था मिलाइएको हुन्छ । उक्त मन्दिरमा निती नियम अनुसार पुजा आरधना गरे राम्रो जागिर पाउने मान्यता रहेको छ । जुन विश्वासको साथ पुरुषहरु महिलाको भेषमा त्यहा पुगेर दर्शन गर्ने गर्छन् ।

धार्मिक मान्यता अनुसार यो मन्दिरको मूर्ति आफै उत्पति भएको भन्ने गरिएको छ । केरला प्रान्तको एक मात्रै अनौठो यो मन्दिर जसको गर्भगृहको माथि कुनै पनि छत रहेको छैन् ।

प्राचिन समयमा गोठालाहरुले यो मन्दिरमा महिलाको जस्तै भेष गरि पत्थरमा फुल अर्पित गर्ने गरेका थिए । त्यसपछि उक्त ढुंगामा मन्दिर सम्बन्धित एक अर्को प्रथा प्रचलित रहेको छ जहाँ हरेक वर्ष देवीको मूर्तीमा केही इन्च बढ्ने गरेको भक्तजनहरुले बताउँदै आएका छन् ।

प्रकाशित : शनिबार, चैत १४, २०७७१७:४०

चोर औँला हेरेरै थाहा पाउनुहोस् आफ्नो भाग्य ! कसरी ? हेर्नुहोस् !