यस्ता समस्या भएकाले खानुस् काँचो केरा !

काठमाडौँ । बजारमा बाह्रैमास पाइने केरा मन नपर्ने सायदै होलान् । पौष्टिक तत्वले परिपूर्ण केरा खाँदा शरिरमा निकै इनर्जी भरिएजतिकै हुन्छ । केरा पच्नको लागि धेरै समय नलाग्ने भएकाले केरा खाँदा छिट्टै इनर्जी भरिएको महसुस हुन्छ । दर्जनको भाउँमा बजारमा बिक्री हुँदै आएको केराको दर्जनौँ फाइदाहरु रहेका छन् ।

पाकेको केरामा पोषणतत्वसँगै आइरन, क्याल्सिियम तथा भिटामिन पनि प्रसस्त मात्रामा पाइन्छ । यो त भयो पाकेको केराको कुरा । तर पाकेको केरा भन्दा कयौँ गुणा धेरै फाइदा रहेको हुन्छ काँचो केरामा । काँचो केराले शरिरमा आइरनको मात्रालाई पूर्ति गर्छ । जटिल रोगहरुबाट पनि केराले मुक्त गराउँछ । त्यसकारण आज हामी तपाईहरुलाई पाकेको भन्दा काँचो केराको कस्ता कस्ता रोग लाग्नबाछ बचाउँछ भन्ने बारे बताउन गइरहेका छौँ ।

मधुमेहको औषधि : मधुमेहको समस्या भएका व्यक्तिहरुको लागि काँचो केरा निकै लाभदायक रहेको छ । काँचो केरमा हुने टर्रोपनले रगतमा सुगरको मात्रालाई सन्तुलनमा राख्छ । मधुमेहको रोगी भएका व्यक्तिलाई काँचो केरा खान रोक लगाएको भए पनि केरा खाँदा औषधी सेवन गर्नु नपर्ने एक अध्ययनले बताएको छ ।

कब्जीयत हटाउने काइदा : शौच गर्दा दिशा निखारिएर नजानुलाई कब्जियत भनिन्छ । कब्जियत भएका व्यक्तिको पेटमा विभिन्न किसिमका समस्याहरु देखिने गर्छ । कब्जियत भएको बेला काँचो केरा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको छ । काँचो केराको अचार वा तरकारी बनाएर पनि खान सकिन्छ । पर्याप्त मात्रामा फाइबर पाइने भएकाले काँचो केरा खाएम शरिरमा विशाक्तचिजहरु बस्न पाउँदैन् ।

तौल घटाउँछ : काँचो केरा नियमित सेवान गर्ने गर्दा पाचनतन्त्र बलियो हुन्छ । काँचो केराले पेटमा बोसो जन्म दिँदैन् । बोसो जन्म नपाएपछि मानिसमा मोटो हुने चिन्ता रहँदैनन् । काँचो केराले तौल घटाउन विशेष मद्दत पुर्याउँछ ।

कब्जियतको समस्याबाट मुक्त  : यदि कब्जियतको समस्या भएका व्यक्तिले काँचो केरा खानु लाभदायक हुन्छ । काँचो केराले खाना रुचाउनुको साथै पचाउन पनि विशेष भूमिका खेल्छ । जसले गर्दा कब्जियत हुन पाउँदैन् ।

हड्डी मजबूत पार्छ : काँचो केरामा फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले हड्डीलाई बलियो बनाउँछ । यसले पाचनप्रणलीमा ब्याक्टेरिया सिर्जना गरी शरिरलाई खनिज पोषक तत्व लिने क्षमतालाई मजबुत बनाउँछ । असल ब्याक्टेरिया सिर्जना गरी शरिरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबुत बनाउँछ । क्याल्सियम जस्तै तत्व लिने वृद्धि गर्छ ।

सुन्निएको निको पार्छ : काँचो केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्व पाइने भएकाले प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिड भएका व्यक्तिलाई पनि काँचो केराले निको पार्छ । पोषक तत्व नभएको अवस्थामा र वृद्ध अवस्थामा यस्ता समस्याहरु देखा पर्ने भएकाले दैनिक काँचो केरा खाँदा यस्ता समस्याहरु हटेर जान्छ ।

तौल बढाउन पनि उपयोगी : हरेक दिन केरा र दूध मिसाएर खाँदा तौल बढाउन सकिन्छ । दूधले प्रोटिन र केराले चिनीको मात्रालाई बढाउँछ । केरा सजिलै पच्ने भएकाले हरेक दिन ५, ५ कोसा केरा खाँदा करिब ६ सय क्यालोरीसम्म प्राप्त गर्न सकिन्छ । त्यसकारण तौल बढ्छ । केराले शक्ति प्रदान गर्ने भएकाले केरा खानु उपयुक्त हुन्छ ।

पायलको समस्या हटाउँछ : दिशा सजिलै नआउने समस्या भएका व्यक्तिले काँचो केरा खानु सही उपचार हो । केराले पायल्सको समस्यालाई सजिलै हटाउँछ ।

अल्सर निको पार्छ : केरामा एन्टासिड खाद्ययपदार्थको रुपमा प्रयोग हुँदै आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाउँछ । पेटमा एसिड बन्न दिँदैन् । अल्सरको लागि काँचो केरा कारक मानिएको छ । जसले पेटका खराब ब्याक्टेरियालाई नष्ट गर्छ ।

मिर्गौलामा समस्या निम्तन दिँदैंन : केराले शरिरमा तर पदार्थको सन्तुलनलाई नियमितत ल्याउन मद्दत पुर्याउँछ । मिर्गौलामा समस्या निम्तन दिँदैन् । केरामा पाइने एन्टीअक्सिडेन्टले मृगौलामा सकारात्मक असर पुर्याउँछ । बिषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । केराले दृष्टि शक्तिमा पनि फाइदा पुर्याउँछ । पोटासियमको राम्रो स्रोत भएको कारण केरा मुटुरोगीहरुको लागि फाइदाजनक रहेको छ । केराले उच्च रक्तचापलाई घटाउनुको साथै रक्तअल्पता हुन दिँदैन् ।

प्रकाशित : शनिबार, चैत १४, २०७७१८:२३

राती सुत्नु अगाडी नुहाउँदा मिल्छन् यस्ता-यस्ता अचम्म लाग्ने फाइदा !