शरिरका यी अंगहरु सकेसम्म नछुनुहोला है, संक्रमणको खतरा हुन्छ !

काठमाडौँ । शरिरमा केही अंगहरु निकै संवेदनशिल हुने गर्छन् । ती अंगहरुलाई उचित तरिकाले स्याहार सम्भार गर्नु जरुरी रहेको हुन्छ । केही यस्ता व्यक्ति हुन्छन् जसले नाक, कान, आँखा जस्ता अंगलाई टक पटक चलाइरहने गर्छन् । जसको कारण त्यस्ता व्यक्तिमा संक्रमणको खतरा धेरै रहेको हुन्छ ।

१.आँखा : शरिरको एक महत्वपूर्ण अंग आँखा हो । त्यसकारण आँखालाई पटक पटक छुने मिच्ने गर्नाले इन्फेक्सनको सम्भावना धेरै हुने चिकित्सकहरुको भनाइ छ । त्यसैले यस्तो बानी छ भने तुरुन्तै हटाउनुपर्छ ।

२.ओठ : पटक पटक ओठलाई छुने गर्दा रुखो हुने वा ओठको रंग नै परिवर्तन हुने गर्छ । यसरी पटक पटक ओठमा हात लगाउने बानीको कारण मुखमा विभिन्न किसिमका ब्याक्टेरियाहरु प्रवेश गर्ने भएकाले पेटसम्म पुग्ने खतरा धेरै हुन्छ । त्यसकारण यस्तो बानीलाई तुरुन्तै हटाउनुपर्छ ।

३.अंडर आर्म्स : शरिरको एक संवेदनशिल अंग भनेको अन्डर आम्स हो । त्यसकारण यो अंगलाई पटक पटक छुने गर्नु हुँदैन् । शरिरको अन्य भागमा भन्दा यो भागमा धेरै पसिना आउने भएकाले हातको माध्यमद्धार अन्य अंगमा पनि ब्याक्टेरिया सर्ने भएकाले पटक पटक हातले छुने गर्नु हुँदैन् ।

४.अनुहार : अनुहारलाई पनि एक संवेदनशील अंगको रुपमा लिने गरिन्छ । त्यसकारण पटक पटक अनुहारमा हात लगाउने गर्दा छालामा विभिन्न संक्रमण देखिने हुँदा सफा हातले मात्रै अनुहार छुनुपर्छ ।

प्रकाशित : शनिबार, चैत १४, २०७७१९:०३

गुदी भन्दा बोक्राका धेरै फाइदा, यस्ता काममा गर्न सकिन्छ प्रयोग !