काठमाडौं – थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तानको यू २३ टोलीले त्रिभुवन आर्मी फुटबल क्लबसँग आइतबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपाल र बंगलादेशका राष्ट्रिय टोलीले शनिबार बराबरी खेलेसँगै थ्री नेसन्स कपबाट बाहिरिएको किर्गिस्तानको युवा टोलीले आर्मीसँग खेल्न लागेको हो ।
पहिलो खेलमा बंगलादेशसँग १)० ले पराजित भएको किर्गिस्तान यू २३ टोलीले नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।आर्मी एएफसी कप प्ले अफको तयारीमा रहेको छ ।
आर्मीले चैत २५ गते आर्मीले श्रीलंकाको पुलिस क्लबको सामना गर्दैछ । आर्मी र किर्गिस्तान यू २३ बीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । श्रीलंका पुलिसलाई पराजित गर्न सकेको खण्डमा आर्मीले अर्को खेल वैशाख १ गते भारतको बंगलुरु फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
लिग च्याम्पियनले खेल्ने एएफसी प्ले अफमा नेपाली लिग च्याम्पियन मछिन्द्र क्लबसँग क्लब लाइसेन्स नभएका कारण आर्मीले देशलाई प्रतिनिधित्व गर्ने मौका पाएको हो । केहि महिना अघि आर्मीले एएफसी लाइसेन्स प्राप्त गरेको थियो । आर्मी क्लबल लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब हो ।

