बार्सामा हालान्डको ट्रान्सफर मेस्सीको हातमा !

बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्य क्लबमा अझै पनि अनिश्चित रहेको छ। गत सिजनको अन्त्यमा क्लब छाड्न कोशिस गरेता पनि असफल भएका मेस्सीको बार्सिलोनासँगको सम्झौता यहि सिजनको अन्तिमबाट सकिँदैछ।

सिजनको अन्त्यसम्म आफ्नो भविष्यको बारेमा फैसला नगर्ने भएका मेस्सीको उत्तराधिकारीको रूपमा क्लबले बोरुसिया डर्टमन्डका एर्लिंग हालान्डलाई हेरेको छ। एएसले दाबी गरे अनुसार बार्सिलोना बोर्डले क्लबका कप्तान लियोनल मेस्सीले क्लब छाडेको खण्डमा हालान्डको स्थानान्तरणलाई मुख्य प्राथमिकतामा राहेको छ।

नयाँ अध्यक्ष जोआन लापोर्टा र क्लबका मुख्य प्रशिक्षक रोनाल्ड कोमन बीच यस हप्ता क्लबको बारेमा छलफल गर्नेछन् र अर्जेन्टिनी कप्तानको भविष्यको बारेमा पनि वार्ता हुने बताइएको छ। रिपोर्ट अनुसार मेस्सीले बार्सिलोना छाडेको खण्डमा मात्र हालान्डको ट्रान्सफर मुख्य प्राथमिकता रहने बताइएको छ।

यस्तोमा मेस्सीले बार्सिलोनामा नै बस्ने निर्णय गरे भने क्लबले हालान्डलाई मुख्य प्राथमिकतामा नराख्ने बुझिएको छ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१०:४६

खोसियो रोनाल्डोको १०३ औं अन्तराष्ट्रिय गोल, प्रष्ट थियो विजयी गोल !