एजेन्सी – क्यानडा भिक्टोरियाका ३६ वर्षिय क्रिस्टोफर रोबिन एक दुर्लभ बिमारीबाट ग्रसित छन्। उनी हरेक बिहान उठ्दा सबै कुरा बिर्सिन्छन्। उनलाई धेरै जस्तो कुराहरु बिहान याद नै हुँदैन।

क्रिस्टोफरकी २८ वर्षिया श्रीमती चेल्सीका अनुसार क्रिस्टोफर धेरै समय देखि नार्कोलेप्सी नाम बिमारीबाट ग्रसित छन्। क्रिस्टोफरलाई नार्कोलेप्सी भएको लगभग २० वर्ष भइसक्यो।

नार्कोलेप्सी एक दुर्लभ र दीर्घकालीन मस्ति बिमारी हो। यस्तो समय भएका व्यक्तिहरु अनुपयुक्त समयमा निदाउँछन् र उठ्दा धेरै कुराहरु बिर्सिन्छन्।यस्तो समय भएका व्यक्तिहरुको शरीरबाट मांसपेशी कम हुँदै जाने समस्या पनि हुन्छ।

क्रिस्टोफरमा उक्त समस्या त्यति बेला देखिएको थियो, जब उनी १६ वर्षका थिए। कार चलाउँदा-चलाउँदै निदाएपछि उनी दुर्घटनामा पनि परेका थिए।

उनी भन्छन्,”त्यसबेला कसैलाई नार्कोलेप्सीका बारेमा थाहा थिएन। र त्यति बेला इन्टरनेट प्रचलनमा पनि थिएन। जब म न्यूरोलोजिस्टकोमा जब गएँ, तब मात्रै मैले यस समस्या बारे थाहा पाएँ। त्यतिबेला प्राय म दिनभरी नै निदाउँथे। अहिले औषधि लिन थालेपनि भने मलाई निन्द्रा लाग्न कम भएको छ।”

बिहान उठ्दा उनको स्मृति गुमेको हुने गर्छ। जस कारण उनकी श्रीमतीले हरेक बिहान क्रिस्टोफरको खाटमा एक ‘नोट’ राखिदिने गरेकी छन्। त्यसमा उनी को हुन्, उनको घरमा को-को छन् र उनको कम के हो भन्ने बारे लेखिएको हुन्।

“मेरी श्रीमतीले यसरी नोट लेख्ने गरेको ६ वर्ष जति भइसक्यो। सो नोटकै कारण बिहान म को हुँ, र म एक्लो छैन भन्ने कुरा मलाई याद हुन्छ।”,क्रिस्टोफर भन्छन्,”कहिले काहिँ नोट नभेटेको खण्डमा म को हुँ, म कसको घरमा छु सबै बिर्सिन्छु।”
