आफ्नो गोल खोसिएपछि रोनाल्डोको कडा प्रतिक्रिया, यसरी पोखे आक्रोश !

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गयराती भएको सर्बिया विरुद्धको खेलमा आफूले गरेको गोल मान्य नभएको विषयमा आफ्नो प्रतिक्रिया जनाएका छन्। इन्स्टाग्राममा एक पोस्ट गर्दै रोनाल्डोले पूरा पोर्चुगललाई रेफ्रीको यो गल्तीले हानी पुग्ने बताएका छन्।

 

उनले यसबारे पोस्ट गर्दै लेखेका छन्,”पोर्चुगल राष्ट्रिय टोलीको कप्तान हुन पाउनु भनेको मेरो लागि मेरो जीवनकै सबैभन्दा ठूलो गर्वको कुरा हो। मैले राष्ट्रको लागि सधैं मेरो सबै थोक दिएको छु र सधैं दिनेछु पनि, यो कहिले पनि परिवर्तन हुँदैन। तर कहिलेकहिँ समयको सामना गर्न निकै कठिन हुन्छ, खासगरी जब हामीलाई लाग्छ कि पूरा देशलाई नै हानी भइरहेको छ। अब आफ्नो शिर उठाउनुहोस् र अर्को चुनौतीको सामना गर्नुहोस्!”

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

शनिबार सर्बिया विरुद्ध विश्वकप छनौटको खेलमा रोनाल्डोले गरेको गोललाई म्याच अफिसियलले इन्कार गरेपछि रोनाल्डो निकै क्रोधमा देखिएका थिए जसका कारण उनले खेल सकिएपछि आफ्नो कप्तानको आर्मब्याण्ड समेत मैदानमै फ्याँकीदिएका थिए। पहिलो खेलमा अजरबैजानलाई १-० ले हराएको पोर्चुगल सर्बियासँग भने २-२ को बराबरीमै रोकियो।

खेलको अन्त्यतिर रोनाल्डोले गरेको प्रयास गोललाइन पार गरिसकेको थियो तर खेल रेफ्रीले रोनाल्डोको उक्त गोललाई मान्यता दिएनन्। टिभी रिप्लेमा प्रष्ट देख्न सकिन्थ्यो कि रोनाल्डोले प्रहार गरेको बलले गोललाइन पार गरेको थियो। रोनाल्डोले गोल सेलिब्रेसन पनि गरिसकेका थिए तर म्याच अफिसियलले उक्त गोल नभएको बताएका थिए।

प्रकाशित : आइतबार, चैत १५, २०७७१२:३०

नेपालका हिमचितुवा घिमिरेले जापानी बक्सरलाई पछारे, चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि !