तस्विरमा आमा-छोरीको होली !

काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण जोखिम बढेकाले होलीको रौनक कम देखिएको छ ।

गत सालहरुमा ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाउने गरिएको भएपनि यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । सर्वसाधारण देखि कलाकार सम्म आफ्नै घरमा तथा साना-सामा समूह बनाएर होली खेलिरहेका छन्।

यसै बीच पछिल्लो समय धेरैले रुचायेकी नायिका सुहाना थापाले पनि होली मनाएकी छन्। सुहानाले आफ्नी आमा तथा नायिका झरना थापा र परिवारसँग घरमै होली मनाएकी हुन्।

झरना र सुहाना दुवैले सामाजिक संजाल मार्फत होलीका तस्विरहरु सार्वजनिक गरेकी छन्। साथै दुवैले होलीको उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेका छन्।

“फागु पूर्णिमाको रंगिन र रमाइलो पर्व अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।”,तस्विर तथा भिडियो सार्वजनिक गर्दै झरनाले फेसबुकमा लेखेकी छन्।

प्रकाशित : आइतबार, चैत १५, २०७७१७:१४

मदनकृष्ण श्रेष्ठको “फूल बुट्टे सारी” भर्जनमा ५० लाख भ्यूज, दङ्ग पर्दै भने ‘अम्मामा’