अंधिकाश मानिसहरु काँखीमुनी कालोपनता भएको कारणले निकै चिन्तित भएका छन् । त्यसमा पनि महिलाहरु काखीँमा भएको कालोपनाको कारणले गर्दा काँखी पुरै छोपिने कपडा मात्र लगाउन बाध्य भएका छन् । विशेषगरी महिलाहरुमा काँखीमा कालोपनता देखियो भने धेरैले कस्तो फोहोरी भनेर परिभाषित समेत गर्ने गरेका छन् । आफूलाई सुन्दरको साथमा स्मार्ट देखाउनको लागी काखीँको कालोपनाले छेक्ने गर्दछ ।
बजारमा पाइने कालोपना हटाउने प्रोडक्टले विभिन्न किसिमको साइड इफेक्ट गरी केहि समय कालोपता दुर गरेपनि त्यसको साइडइफेक्टपछि देखापर्न कारण यसप्रति निकै सजक हुन जरुरी छ । आज हामी यस्तो कालोपना हटाई गोरो बनाउने उपायको बारेमा बताउँदैछौं ।
१. आलु
आलु एक प्राकृतिक ब्लीचिङ् प्राकृतिक एजेंट हो । यसले छालालाई सफा, नरम र गोरो बनाउन मद्धत गर्दछ । आलुलाई मसिनो पातलो टुक्रा बनाएर काँखीमुनीको कालो भागमा लगाएर आलुको रस नसकेसम्म रगेटी करिब २० देखि २५ मिनेटसम्म सुक्न दिने हो भने कालोपना बिस्तारै हटेर जान्छ । यति गरेपछि मनतातो पानीले सफा गर्नुपर्दछ ।
२. काक्रो
आलु जस्तै काक्रो पनि एक ब्लीचिङ् प्राकुतिक एजेंट हो । यसले त्वचालाई हल्का बनाई राख्नमा मद्यत गर्दछ । काक्रोको टुक्रालाई मसिनो पारेर काटेर वा यसको जुस निकालेर काँखीमुनिको कालो भागमा लगाइएर करिब ३० मिनेटपछि सफा गर्नाले कालोपना हटेर जान्छ । राम्रो नतिजाको लागी दैनिक २ पटक सम्म लगाउन सकिन्छ ।
३. फिटकिरी
फिटकिरी काँखीको लागी एकदमै फाइदाजनक छ । यसमा शरीरमा रहेका खराब ब्याक्टेरियालाई नष्ट गर्ने गुण हुन्छ । काँखीमा दुर्गन्धीत पसिना आउने समस्या छ भने हल्का फिटकिरीलाई तातो पानीमा हालेर पकालेर मनतातो भएपछि सफा गर्नाले दुगन्र्ध हटेर जान्छ । कालोपना हटाउनको लागी एउटा फिटकिरी लिनुहोस् र त्यसमा थोरै पानी लगाएर काखीँमा बिस्तारै रगट्नुहोस् यतिगरेपछि करिब १५ मिनेट सम्म सुक्न दिएर मनतातो पानीले सफा गर्नाले कालोपनाता हटेर जान्छ ।