जान्नुहोस् नीम जुसका विभिन्न फाइदाका बारेमा, मिल्ने रहेछ यस्ता चमत्कारिक फाइदा !

नीम एक औषधीय गुणले भरिएको ज्यादै गुणकारी रुख हो । यसले छाला, शरीर र कपालको लागी निकै फाइदा गर्दछ । आयुवेर्दिक उपचारमा नीमको डाढ, पात, गेडा आदीको प्रयोग हुदै आएको छ । विशेषगरी निमले ज्वरो समस्या, दातको समस्या, कान, आँखा, अपच, अरुची जस्ता समस्या हुन दिदैन् । निम निकै तितो हुने कारणल यसलाई खाने त के मुखमा हाल्नलाई पनि मानिसले मनपराउँदैनन् । यो जति तितो छ, त्यतिनै फाइदाजनक छ । यसमा इफ्लेमेट्री तत्व पाइने कारण यसले रगतलाई एकदमै शुद्धिकरण गर्ने काम गर्दछ । नीमको जुस बनाएर पिउँनाले यस्ता हुन्छन् फाइदाहरुः

१.मधुमेहः मधुमेह भएकाले दैनिक नीमको जुस सेवन गरेमा ब्लड सुगर लेवल विल्कुल कन्टो«ल हुन्छ ।

२.हृदयघातः हृदयघात हुन नदिनको लागी नीमको जुस बनाएर महिनाको १० दिन जति सेवन गर्नुपर्दछ । त्यस्तै यसमा रक्तशोषक गुण पनि भएको कारणले खराब कोलस्टोर समेत नियन्त्रण गराउँछ ।

३.मलेरियाः मलेरीया रोगको लागी पनि यो निकै फाइदाजनक छ, यसले मलेरियाको भाइरसको विकास कार्य रोक्ने काम गरी लिवरको कार्यक्षमताको समेत विकास गर्दछ । यदि मरेलिया भएको बिरामीले यसको जुस बनाएर सेवन गर्ने हो भने मलेरियाबाट छिट्टै छुटकारा पाउन सकिन्छ ।

४.गर्भवस्थामाः गर्भवती भएको समयमा नीमको रसले योनीको पिडालाई कम गर्ने काम गर्दछ । त्यस्तै लवरपेन भएकालाई दुखाई कम गराइदिनछ । गर्भवर्ती भएपछि नीमको जुस केहि दिन नियमित रुपमा पिउँनाले गर्भाशय एवम् रगतको सफाइ हुन्छ र बिरामी हुने सम्भावना रहदैन् ।

नीमको जुस कसरी पिउने ?
नीमको जुस निकै तितो हुने कारणले पिउन निकै गाहे हुन्छ । नीमको जुसलाई पिउँदा निकै गुणकारी औषधी हो भनेर सकारात्मको सोच लिएर पिएमा सजिलै पिउन सकिन्छ । नीमको रस पिउँदा थोरै स्वाद अनुसारको मसला हालेर पनि सेवन गर्न सकिन्छ । त्यस्तै नुन, मरिज हालेर सेवन गर्दा निकै फाइदा हुन्छ । निमको जुस निकालेपछि त्यसलाई करिब १५ वा २० मिनेट जति फ्रिजमा राख्नुहोस् । त्यसपछि थोरै आइस हाल्नुहोस् र राम्ररी चलाई पिउने गर्नुहोस्, तर ३० मिनेट भन्दा बढि स्टोर गरेर राखेर भने पिउनु हुदै्न । जुस पिउँदा जहिले पनि बिहानको समयमा मात्र पिउने गर्नुपर्दछ । स्मरण गर्नुहोस्, जुसमा चिनी हालेर भने सेवन गर्नुहुदैन् । यसको साथै नीमको फाइदाहरु निम्न छन्,

१. जन्डिसः नीमको पातलाई पिसेर यसको रस निकालेर महको साथमा सेवन गर्नाले जन्डिस ठिक हुन सघाउँछ ।

२. कानः निमको पातलाई पिसेर यसको रस कानमा १ वा २ थोपा जति हाल्नाले कानमा भएका समस्याहरु समधान हुनेछन् ।

३. आँखाः नीमको पातको रसलाई एक वा दुई थोपा जति निकालेर आँखामा हाल्नाले आँखाको रोश्नी बढ्नेछ ।

४. क्यान्सरः यदि क्यान्सर भएको छ भने घाउँमा नीमको काठ पानीमा चन्दन जसरीनै घोटेर लगाएमा घाउँ निको हुन्छ

५.  लूः लू लागेमा नीमको पात डाँठ, फुल वा जरालाई कुटेर धुलो बनाई आधा चम्चा जति मिक्षीको मिलाएर खाएमा निको हुन्छ ।

६. अंग नचलेमाः मरिचको धुलोमामा निमको पातको तेललाई डडाएर अंगमा लगाई बिहान र बेलुका मालिस गर्ने हो भने दुखाई कम हुन्छ ।

७. अनुहार सुख्खाः यदि तपाईको अनुहार सुख्खा भएको छ भने नीमकोपातमा बेसार, मेथीको धुलो लगाएमा अनुहार सुख्खा हुदैन् । त्यस्तै डन्डीफोर चाया, दाग, दादपनि निको हुन्छ ।

८.  घाउ : निमको पातलाई कटेर घाउँमा लगाउनाले घाउँ निको हुन्छ ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१९:४१

महिनावारी हुँदा महिलाले थाहा पाउनै पर्ने ५ कुराहरु, अन्यथा हुनसक्छ खतरा !