धेरैले महिलाहरुले महिनावारीको समयलाई निकै पीडादायक भएको बताएका छन् । महिनावारीको समयमा अंधिकाश महिलामा पेट दुख्ने समस्या हुन्छ, जसको कारणले उनीहरुको दैनिक काम अस्तव्यस्थ भएको हुन्छ । तर दैनिक स्वस्थकर र समयैमा खानपान गर्ने, व्यायममा ध्यान दिने हो भने धेरै पेट दुख्ने वा कष्टकर पिडा हुदैन् । विशेषगरी महिनावारीको समयमा खानपानमा ध्यान दिने गरी केहि सावधानी अपनाउनु पर्ने हुन्छ ।
यस्तो बेलामा महिलाको शरीरमा अनेक प्रकारको हर्मोन परिवतर्न हुने गर्दछ । उक्त समयमा महिलाले कस्ता काम नगर्ने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । चिकित्सकका अनुसार महिनावारी भएको बेला यस्ता ५ काम गर्ने हुदैन् ।
२.खानपानः महिनावारी भएपछि खानपानमा निकै ध्यान दिनुपर्दछ । किनकि यो समयमा शरीर निकै कमजोर भएको हुन्छ। शरीर कमजोर भएको कारण पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खानेकुराको साथमा पोषणयुक्त खानेकुरा पनि खाने गर्नुहोस् । जसको कारणले पेट धेरै दुख्दैन पनि । पेट दुखिरहेमा भने तातो पानी बेलाबेला खाइरहने गर्नुपर्दछ ।
३. श्रमः महिनावारीको समयमा पेट दुख्ने वा पिठ्यू बाउँडिने जस्ता समस्या सिर्जना हुन्छ । यस्तो समयमा शारीरिक परिश्रम गरेमा समस्या झन् बढ्ने कारण आराम गर्ने तर्फ लाग्नुहोस् ।
४. प्याडः प्याड प्रयोग पनि एक महत्वपूर्ण कुरा हो । यदि कपडाको प्याड प्रयोग गर्ने हो भने सुतिको कपडाको मात्र प्रयोग गर्नुहोस् । करिब ३ घण्टाको अन्तरमा भने प्याड चेन्ज गर्नेपर्छ । यसरी चेन्ज गर्ने हो भने संक्रमण हुनबाट बचाउँछ ।
५. कपडाः महिनावारीको समयमा धेरैको निकै कसिलो कपडा लगाउने बानी हुन्छ । यस्तो बेलामा सकेसम्म नरम सुतीको कपडा मात्र भित्र लगाउनुहोस् । उक्त कपडाको कारणले आराम पनि मिल्नेछ ।