पत्रपत्रिकामा राखेको खानेकुरा नखाएकै राम्रो !

काठमाडौँ । केही जानकारका अनुसार हामी सबैको दैनिक जीवनमा प्रयोग हुने सजिलो ,सुलभ वस्तु पत्रिकामा केही सामान राखेर वा बेरेर खानु नहुने जानकारी दिएको छ । ‘भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण ईएफएसएसएआई’ ले हालै जनचेतना जारी गर्दै पत्रपत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको छ ।

किनभने पत्रपत्रिकामा समाचार वा फोटो छाप्न जुन मसीको प्रयोग गर्दा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । जसले असर गर्ने बताइएको छ ।

अर्को कुरा, पत्रपत्रिकामा प्रयोग गरिने मसी सुकाउन रसायन हुन्छ । त्यसमा हामीले खाने खानुकुराहरु टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा असर गर्छ । त्यसैकारण यस्ता घातक रोगहरु लाग्न सक्छ ,,हेर्नुस

-पहिलो कुरो क्यानसर हुन्छ ।

-पाचन प्रणालीमा समस्या देखा पर्दछ ।

-त्यस्तै फोक्सो र मूत्राशयको क्यान्सर हुने हुन्छ ।

-त्यसैगरी पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग लाग्ने हुन्छ ।

तर हामी तथा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गरिन्छ । जसले हाम्रो जीवन नै बर्बाद बनाउछ । विचार गर्नुस्

प्रकाशित : सोमबार, चैत १६, २०७७१७:१७

रातभर मेथी भिजाएर त्यसको पानी खाँदा मिल्छन् लाभै-लाभ !