हामी दैनिक रुपमा सब्जीमा ,सलादमा वा अचारको रुपमा भएपनि गोलभेंडालाई प्रयोग गर्ने गर्दछौं । प्राय सबैको घरमा गोलभेडाको युज भएकै हुन्छ । प्राय मानिसहरुले सब्जीमा गोलभेडा एक वा दुई वटा भएपनि हाल्नेनै गर्दछन् ।
जसले गर्दा सब्जी ज्यादै मिठो हुने गर्दछ । तपाईपनि यसरी नै गोलभेडाको प्रयोग दैनिक रुपमा सलाद , सब्बीमा हालेर वा अचारको रुपमा स्वन गर्नुनै हुन्छ । होला …………. तर हामीले सेवन गर्ने गोलभेडा कस्तो किसिमको हो । भनेर हामीले विचार गर्दैनौ सलादको रुपमा ठुलो ठुलो गोलभेडाको प्रयोग गर्ने गरिन्छ । त्यसैगरी सानो गोलभेडालाई भने अचार र सब्जीको लागी प्रयोग गर्ने गरिन्छ । तपाईले पनि यसरीनै प्रयोग गर्नुहुन्छ होला ।
बजारमा धेरै जसो ठुलाठुला गोलभेडा बढि मात्रामा पाइने हुनाले प्रायले अहिले सबैजसोले ठुलो गोलभेडालाईनै सब्जी ,अचार र सलादको रुपमा सेवन गरेका छन् , किनभने लोकल गोलभेडा पाउन अलि समस्या भएको छ । यस्तो किसिमको बजारका ठुला ठुला गोलभेडालाई तपाईले सलादको रुपमा सेवन नगर्नुहोला यसमा निकै विषाधी औषधीको सेवन गरिएको हुन्छ । तपाईले ठुलो गोलभेडा सलादको रुपमा सेवन गर्दा तपाईलाई विभिन्न रोग लाग्ने सम्भावना एकदमै बढि हुन्छ । तपाईले यसको सेवननै गर्नुपरेमा एक दिन जति तपाईले तातो पानी वा मन तातो पानीमा बिजाएर मात्र सेवन गर्नुहोला ।
तपाईले सक्नुहुन्छ भने यस्तो गोलभेडाको सेवन नगर्नुनै फाइदा जनक छ । तपाईले गोलभेडाको फाइदाको बारेमा धेरै कुरा सुन्नु भएको होला ।गोलभेडा भन्दैमा सबै किसिमको गोलभेडा फाइदाजनक हुदैन् । तपाईको स्वास्थमा असर नगर्ने गोलभेडा भनेको लोकल गोलभेडा हो । यसको स्वाद पनि निकै मिठो हुन्छ । तर आजकल लोकल गोलभेडामा पनि स्वस्थ्यलाई असर गर्ने विषाधी औषधीको प्रयोग गरेको हुन्छ । तपाईले लोकल गोलभेडालाई सेवन गर्नु भएमा तपाईको स्वास्थ्यमा निकै फाइदा हुन्छ ।
त्यसैले तपाईले गोलभेडा कुन सेवन गर्ने भनेर चिनेर मात्र यसको सेवन गर्नुहोला । कस्ता छन् त लोकल गोलभेडा सेवन गर्नुको फाइदा ?
१.डायबेटिजको बिरामीले गोलभेडाको सब्जी पेटभरी खाएमा यस्तो समस्या कम हुन्छ , त्यसैगरी गोलभेडाको सुप , गोलभेडाको सलाद पनि दैनिक रुपमा तपाईले सेवन गर्नसक्नुहुन्छ ।
२. आखाँमा समस्या छ भने पनि तपाईले लोकल गालभेडाँलाई सब्जी , सलाद वा अचारमध्ये एकमा प्रयोग गर्नु भएमा तपाईको आखाँमा रहेका आखाँको समस्या जस्तै आँखा कम देख्ने, आखाँ धमिलो हुने लगायतका समस्या समाधान हुनेछ । सानै उमेरमा आखाँमा चस्मा लगाउनु पर्ने भएमा तपाईले दैनिक रुपमा गोलभेंडाको सेवन गर्नुहोस् । चश्मा लगाउनुपदैन् । तपाईले यसको सेवन बच्चालाई गराउदा भने बिहानको समयमा १ सानो प्रेल्ट गोलभेडाको रसमा १ चम्चा कालो मरिज हालेर सेवन गर्न दिनुहोस् ।
३. होमोग्लोरिनको कमी भएमा यसको जुस बनाएर सेवन गरेमा यो समस्या समाधान हुन्छ
४. कोलस्टोरको समस्या पनि समाधान हुनेछ ।
५.गोलभेडाको नियमित रुपमा सेवन गर्नाले पाचन क्रिया सहि तरिकाले गर्दछ र पेटमा कुनै किसिमको खराबी आउदैन् ।
६.गोलभेडाको पेष्ट बनाएर लगाउनु भएमा तपाईको अनुहार सुन्दर र मुलायम हुन्छ
७. तपाईले यसको रसलाई कपालमा लगाउनु भएमा कपाल एकदमै चम्किलो हुन्छ ।
८.यसको जुस बिहानको समयमा सेवन गर्नुमा तौल नियन्त्रण हुन्छ र
९.किड्नीको कार्य क्षमताको वृद्धि गर्ने गर्दछ । यसको लागी तपाईले सूप बनाएर सेवन गर्नुहोस् ।
तपाईले काचो गोलभेडाको सेवन गर्नु भएमा भने निकै राम्रो हुन्छ , त्यसैगरी तपाईले जहिल्यै पनि यसको सेवन गर्दा पाकेको रातो गोलभेडाको मात्र प्रयोग गर्नुहोला ।