थ्री नेशन कप जितेपछि नेपाली खेलाडीले भने “केपी ओली आई लभ यू”

काठमाडौँ । काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई हराउँदै थ्री नेशन्स् कपको उपाधि जित्यो। आयोजक नेपालका साथै बंगलादेश र किर्गिस्तान पनि सहभागी थिए।

फाइनल खेलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले आफ्नो मातृभूमिमा ३७ वर्षपछि पहिलोपटक कुनै अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भयो। नेपालका लागि सन्जोग राई र बिशाल राईले गोल गर्न सफल भएका थिए। बंगलादेशका लागि भने महाबुबुर रहमानले एक गोल गरेका थिए।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी ओली लभ यू’ भन्दै पटक पटक नारा लगाएका छन्। उपाधि समारोहमा सामूहिक तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी ओली लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए। ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा रहेका थिए।

ओलीले फाइनलको बल हस्तान्तरण गरेका थिए। ओलीले सुरुमै खेलाडीसँग परिचय गरेका थिए। प्रधानमन्त्री ओलीले पुरै फाइनल हेरेका थिए। उक्त फाइनल समारोहमा सबै फुटबल खेलाडीले सामुहिक तस्विर खिचाउनेक्रममा ‘केपी ओली लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए।

लिग चरणमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, बंगलादेशले लिग चरणमा किर्गिस्तानको टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो। च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१२:१७

सर्बिया विरुद्धको खेलमा गरेको व्यवहारको कारण रोनाल्डो माथि प्रतिबन्ध लाग्ने सम्भावना !