ग्रहचक्रमा बुधको चाल परिवर्तन, यी राशि सावधान रहन जरूरी !

ग्रहहरुको युवराज मानिने चन्द्रपुत्र बुध ग्रह ३१ मार्च अर्थात् भोलि दिउसो १२ बजेर ५५ मिनेटदेखि कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दैछ। यस राशिमा यो १६ अप्रिल बेलुका ९ बजेर ९ मिनेटसम्म अवस्थित रहनेछ, जसपछि यो मेष राशिमा प्रवेश गर्नेछ। बुध ग्रहलाई मीन राशिमा नीच मानिन्छ। बुध ग्रहलाई चंचल भ्रमणशील र मिलनसार राशि मानिन्छ। मिथुन र कन्या राशिको स्वामी बुध ग्रह कन्या राशिमा उच्च र मीन राशिमा नीच मानिन्छ। बुधको राशि परिवर्तनले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ।

मेष राशि 

राशिको १२ औं भावमा अ अप्रवेष गर्ने बुधको प्रभाव तपाईंको लागि मिश्रित रहनेछ। कामको शिलशिलामा धिक भागदौड रहनेछ। अधिक खर्चको कारण आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा हरेको कुराको निर्णय सावधानीका साथ लिनुहोस्। कानुनी मामिलामा नपर्नुहोस्। धर्म तथा अध्यात्म तर्फ रुची बढ्नेछ। मांगलिक काम गर्ने अवसरहरू आउनेछन्।

वृष राशि 

राशिको लाभ भावमा प्रवेश गर्ने बुधको प्राभाव तपाईंको राशिमा सकारात्मक नै रहनेछ। आयका साधनहरूमा वृद्धि हुनेछ। लामो समयको लागि दिइएको धेरै पैसा फिर्ता आउने सम्भावना रहेको छ। व्यपारीहरुको लागि समय अत्यन्त अनुकूल रहने देखिन्छ। घर-जग्गा तथा वाहन खरिदको योग रहेको छ। सरकारी क्षेत्रबाट लाभ मिल्ने पूरा सम्भावना छ। उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्।

मिथुन राशि 

राशिको दशम भावमा प्रवेश गर्ने बुधको प्रभावका कारण अप्रत्यशित रूपमा तपाईंको कार्यक्षेत्रमा विस्तार हुनेछ। रोजगारीका लागि गरिएका प्रयासहरू अर्थपूर्ण रहनेछन्। यदि तपाईं आफ्नो उर्जा शक्ति पूर्ण रूपमा प्रयोग गर्नुहुन्छ भने सफलताको सम्भावना उच्च रहन्छ। सरकारी क्षेत्रमा समय अनुकूल रहनेछ। आमा-बुबाको स्वास्थ्यमा पूरा ध्यान दिन जरूरी छ। सामाजिक जिम्मेवारी र पद प्रतिष्ठा बढ्नेछ।

कर्कट राशि 

राशिको भाग्यभावमा प्रवेश गर्ने बुधले तपाईंको लागि मिश्रित रूपमा फल दिनेछ। धर्म र अध्यात्मको क्षेत्रमा रुचि बढ्नेछ। आफ्नो योजना तथा रणनीति गोप्य राखेर कार्य गर्दा सफलताको सम्भावना उच्च हुन्छ। विदेशी मित्र र आफन्तहरूबाट लाभ अपेक्षा गर्न सकिन्छ। भिसा र नागरिकताका लागि आवेदन दिन चाहनेहरूका लागि पनि समय राम्रो छ।

सिंह राशि 

राशिको अष्टम भावमा प्रवेश गर्ने बुधको प्रभावले स्वास्थ्यमा समस्या पैदा गर्न सक्छ। पेट सम्बन्धि समस्या, एलर्जी जस्ता समस्याबाट सावधान रहन जरूरी छ। कुनै कारणले गर्दा पारिवारिक कलह तथा मानिसक अशान्तिको पनि सामना गर्नु पर्ने हुनसक्छ। तपाईंले गरेका कार्य तथा तपाईंद्वारा लिएको निर्णयको सराहना गरिनेछ।

कन्या राशि 

राशिको सप्तम भावमा प्रवेश गर्ने बुधले यस राशिका मानिसलाई सकारात्मक परिणाम दिनेछ। परिवारमा मांगलिक कार्यको अवसरहरु अ आउनेछन्। विवाह सम्बन्धि वार्ता सफल रहनेछ। ससुराल पक्षसँगको सम्बन्ध मजबूत हुनेछ। दैनिक व्यापारीहरूको लागि समय बढी अनुकूल हुनेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि कोशिस गर्न समय अनुकूल रहनेछ।

तुला राशि 

राशिको छैठौं भावमा प्रवेश गर्ने बुधले स्वास्थ्यमा त प्राभाव पार्छ नै गुप्त शत्रु पनि बढ्नेछन्। तपाईंका आफ्नै मानिसले तपाईंलाई धोका दिन सक्छन्। कानुनी मामिला पनि आपसी समझदारीमा सुझाएको नै राम्रो हुनेछ। यस अवधिको मध्यमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा घाटा हुने सम्भावना बढी छ। विद्यार्थी वर्गको लागि समय अत्यन्त अनुकूल रहनेछ।

वृश्चिक राशि 

राशिको पन्चम भावमा गोचर हुने बुधले तपाईंलाई शुभ फल दिनेछ। स्मरणशक्ति बढ्नेछ। सम्मान बढ्नेछ। सामाजिक स्तरमा प्रतिष्ठा पनि बढ्नेछ। प्रेम सम्बन्धमा प्रगाढता पनि बढ्ने देखिन्छ। यदि तपाईं प्रेम विवाह गर्न चाहनुहुन्छ भने पनि समय अनुकूल रहेको छ। सन्तान प्रतिको जिम्मेवारी पूरा हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

धनु राशि 

राशिको चतुर्थ भावमा गोचर हुने बुधले तपाईंलाई सामान्य फल दिनेछ। स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ। कुनै न कुनै कारण पारिवारिक कलह तथा मानसिक अशान्तिको सामना गर्नु पर्ला। साथीहरु वा आफन्तहरु द्वारा अप्रिय समाचार प्राप्त हुनसक्छ। कार्यक्षेत्रमा विस्तार हुनेछ। घर जग्गा सम्बन्धि काम सम्पन्न हुनेछ। घर र सवारी साधन खरीदको योग रहेको छ।

मकर राशि 

राशिको तृतीय भावमा प्रवेश गर्ने बुधको प्रभावको कारण धेरै अप्रत्याशित उतार चढावहरू आउनेछन्। आफ्नो जिद्द र रिसलाई नियन्त्रणमा राखेर काम गर्नुभयो भने मात्र सफलता प्राप्त हुनसक्छ। परिवारका वरिष्ठ सदस्यहरू र भाइहरू बीच मतभेद उत्पन्न हुन नदिनुहोस्। धर्म तथा आध्यात्मिकता तर्फ रुचि बढ्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त अनुकूल रहनेछ।

कुम्भ राशि 

राशिको धन भावमा गोचर हुने बुधले यस राशिका मानिसलाई शुभ फल प्रादान गर्नेछ। आफ्नो बोली कौशलको सहायताले तपाईं अत्यन्त कठिन परिस्थितिहरूलाई पनि सजीलै नियन्त्रण गर्न सक्षम हुनुहुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। लामो समयको लागि दिइएको धेरै पैसा फिर्ता आउने सम्भावना छ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी छ, विशेषगरी दाहिने आँखामा।

मीन राशि 

स्वराशीमा गोचर हुने बुध यस राशिमा नीच मानिन्छ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी हुन्छ। खानपानमा पनि ध्यान दिनुहोला। अन्यथा पेट सम्बन्धि समस्याले सताउन सक्छ। विवाह समबन्धि वार्ता सफल रहनेछ। ससुराल पक्षबाट सहयोग मिल्नेछ। दैनिक व्यापारीहरुको लागि बुधको प्रभाव उत्तम रहनेछ। परिवारमा शुभ कार्यको माहोल बन्न सक्छ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१७:०३

धनको मामिलामा कुन महिना जन्मेका मानिस कति भाग्यमानी ?