आज पनि घट्यो सुनको मूल्य, यो महिनाकै सस्तो , कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८५ हजार ६ सय कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन ८५ हजार १ सय ५० मा कारोबार भइरहेको छ।

यस हप्ता छापावाला सुन सोमबार ८६ हजार ५ सय र हिजो मंगलबार ८६ हजार रुपैंयाँमा करिबार भएको थियो।


आज कायम भएको सुनको मूल्य फागुन २५ गते यताकै सस्तो रहेको छ। यस महिना कुनै पनि दिन सुनको मूल्य आजको विन्दुमा झरेको थिएन।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य ११ सय ९५ रुपैंयाँ रहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : बुधबार, चैत १८, २०७७१२:२२

४३.३६ अंकले बढ्यो नेप्से परिसूचक, २६०० को बिन्दु लाघ्यो !