बार्सा र मेस्सीको हातबाटा अगुएरो फुत्काउने दाउमा रोनाल्डो र युभे

म्यानचेस्टर सिटीका स्टार फरवार्ड सर्जियो अगुएरो जारी सिजनको अन्त्यबाट क्लब छाड्ने पक्का भएको छ। यस्तोमा, उनी कुन क्लबमा जानेछन् भन्ने बारे चर्चा चल्न थालेको छ। इटालियन क्लब युभेन्टस अगुएरोलाई अनुबन्ध गर्ने सम्भावित टोलीको रूपमा देखा परेको छ।

सोमबार सिटीले क्लबका १० वर्ष बिताएका आफ्ना स्टार खेलाडीले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गर्यो, यसको मतलब अब उनी कुनै पनि क्लबमा निःशुल्क जान सक्छन्। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइमनले लियोनका फरवार्ड मेम्फिस डेपे, जो पनि सिजनको अन्त्यबाट फ्री एजेन्ट हुनेछन्, लाई आफ्नो प्राथमिक लक्ष्य बनाएपछि युभेन्टस अर्जेन्टिनी स्ट्राइकरलाई अनुबन्ध गर्ने दौडमा अगाडी रहेको ला जाजेटा डेल्लो स्पोर्टले जनाएको छ।

इटालियन क्लब निराशाजनक २०२०/२१ सिजनपछि आफ्नो आक्रमण सुधार गर्न शीर्ष-स्तरको स्ट्राइकरमा हस्ताक्षर गर्न चाहन्छ। युभेले डिबाला र रोनाल्डोसँग अगुएरोको आक्रमण पङ्क्ति तयार पार्ने सोच बनिरहेको बताइन्छ। यसअघि बार्सिलोना अगुएरोलाई अनुबन्ध गर्ने दौडमा अगाडी रहेको बताइएको थियो।

खासगरी क्लबका कप्तान लियोनल मेस्सीलाई क्लबमा बस्न मनाउनको लागि पनि अगुएरो एक कारक बन्न सक्ने बताइएको छ। तर प्रशिक्षक कोमन भने लियोनका डेपेलाई क्लबमा भित्याउने कोशिसमा छन्। यस्तोमा, मेस्सीका अर्जेन्टिनी टिममेटले क्लब स्तरमा रोनाल्डोसँग खेल्ने सम्भावना बढेको छ।

प्रकाशित : बुधबार, चैत १८, २०७७१७:३५

लक्जम्बर्ग विरुद्ध रोनाल्डोले यस वर्षभर कै खराब ३० सेकेन्डको खेल देखाए !