जसपाले कुनै पनि हालतमा ओलीतन्त्र घाँस खाँदैन: डा.बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने भन्ने चर्चा भइरहेको बेला यो कुनै पनि हालतमा नहुने बताएका छन्।

बिहिबार सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गर्दै भट्टराईले कुनै पनि हालतमा जसपाले ओलीतन्त्रको घाँस नखाने बताएका हुन्। उनले रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न समेत आग्रह गरेका छन्। उनले बिपी कोइरालाको उदाहरण दिँदै रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई आफ्नो पार्टीले ओलीको समर्थन गर्ने विषयमा जोड्न नमिल्ने बताएका छन्।

रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!,” उनले भने,”के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!”

प्रकाशित : बिहिबार, चैत १९, २०७७१४:५६

नेकपाको फैसलामा पुनरावलोकन अनुमति नहुने