फेरि पनि चिप्लिए राष्ट्रपति बाइडन, माथि पुगेर गरे ‘बाइ’ (भिडियो)

सामाजिक संजालमा यतिबेला अमेरिकाका राष्ट्रपति जो बाइडनको भिडियो भाइरल भएको छ । भिडियोमा राष्ट्रपति जो बाइडन एयर फोर्स वान विमानको भर्‍याङ चढ्दै गर्दा झण्डै चिप्लिएका थिए। बुधवार उनि वाशिङटनबाट पेन्सिल्भेनियाको पिट्सबर्गमा २ खर्ब डलरको भौतिक संरचना योजना सार्वजनिक गर्नका लागि विमानमा चढेका थिए ।

सार्वजनिक भिडियोमा उनि खुड्किलोमा चिप्लिन लागेको देखिन्छन र माथि पुगेर हात हल्लाउछन्। उनि पानी परिरहेको बेला छाता ओढेर भर्‍याङ चढेको देखिन्छन् ।  केहि साताअघि पनि उनि एयर फोर्स वानमा चढ्दै गर्दा ३ पटक लडेका थिए ।

आफ्नो निर्वाचन अभियान नै पिट्सबर्गबाट सुरु गरेको कारण उनले भौतिक संरचना योजना पनि त्यही गएर सार्वजनिक गरेका हुन्। उनले पेन्सिल्भेनिया राज्य जितेका थिए र राष्ट्रपति पदमा विजयको ढोका समेत खोलेका थिए ।

प्रकाशित : बिहिबार, चैत १९, २०७७१६:१६

पछिल्लो १४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिए, कुन ठाउँमा कति ? हेर्नुहोस् [सूची सहित]