टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव फेला

मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको श-व फेला परेको छ ।

थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको श-व फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको श-व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिए ।

प्रकाशित : बिहिबार, चैत १९, २०७७१६:००

वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आवश्यक