मोडर्न ग्रेटद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीच को उत्कृष्ट भन्ने कुराले प्राय: फुटबल प्रशंसकलाई विभाजन गर्ने गर्छ। हरेक क्षेत्रमा एक-अर्कासँग प्रतिद्वन्द्विता रहेका यी दुई खेलाडी बीचको तुलना विगत १५ वर्ष भन्दा धेरै समयदेखि हुँदै आएको छ।

खेलको हरेक क्षेत्रमा अरु खेलाडी भन्दा निकै अब्बल बजार आउने यी दुई खेलाडी आफ्नो खेल जीवनको विपरित पाटोमा आइसक्दा पनि फुटबल जगतमा मेस्सी र रोनाल्डोको चर्चा र वर्चस्व कायम नै रहेको छ। पछिल्ला १२ मध्ये ११ ब्यालुन डी ओरका विजेता यी दुई महान् खेलाडीको क्लब स्तरको तथ्यांक लगभग उस्तै छ। क्लब स्तरबाट सम्भावित हरेक उपाधि र व्यक्तिगत आवर्ड सबै जितेका यी दुई खेलाडीलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्येमा गन्ती गरिन्छ।

तर जब कुरा आउँछ अन्तराष्ट्रिय फुटबल क्षेत्रको, यस पक्षमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हरेक पक्षबाट अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेस्सी भन्दा अब्बल रहेको तथ्यांकले देखाउँछ। पोर्चुगल राष्ट्रिय टोलीको लागि रोनाल्डोले १ सय ७० खेलमा १०३ गोल गरिसकेका छन् भने मेस्सीले अर्जेन्टिनाको लागि १ सय ४२ खेलमा ७१ गोल गर्न सफल भएका छन्। रोनाल्डो अन्तराष्ट्रिय स्तरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् मेस्सी १२ औं स्थानमा पर्छन्।

देशका लागि गरेका १०३ गोल मध्ये रोनाल्डोले ८५ गोल प्रतिस्पर्धात्मक खेलमा गरेका छन् भने १८ गोल मैत्रीपूर्ण खेलमा गरेका छन्। अर्कोतर्फ, राष्ट्रिय टोलीका लागि तुलनात्मक रूपमा फिर्तालो प्रदर्शन गर्ने भनिने मेस्सीले कुल ३७ गोल प्रतिस्पर्धात्मक र ३६ गोल मैत्रीपूर्ण खेलमा गरेका छन्।

यस्तै ह्याट्रिक र फ्री-किक गोलको मामिलामा पनि रोनाल्डो मेस्सी भन्दा अगाडी छन्। रोनाल्डोले पोर्चुगलका लागि खेल्दा ९ ह्याट्रिक र १० फ्री-किक गोल गरेका छन् भने मेस्सी कुल ६-६ ह्याट्रिक र फ्री-किक गोल गर्न सफल भएका छन्।

११ गोल पेनाल्टी मार्फत गरेका क्रिस्टियानो रोनाल्डोले दुई अन्तराष्ट्रिय उपाधि: युरो कप र युइएफए नेशन लिग जितिसकेका छन् भने अहिलेसम्म राष्ट्रिय टोलीका लागि कुनै पनि उपाधि जित्न नसकेका मेस्सीले १६ पेनाल्टी गोल गरेका छन्।

