जन्मदिन मनाएर फर्कंदै गर्दा पेप्सीकोलामा कार दुर्घटनामा परी एककको मृत्यु !

तस्बीरः दीपक समिरको फेसबुकबाट

काठमाडौँ । पेप्सीकोलामा कार दुर्घटना हुँदा एकको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार बिहान ५:४५ तिर मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा काठमाडौँ-३२ वडा कार्यालय अगाडी अनियन्त्रित भई रेलिङमा ठोक्किँदा एक जनाको मृ-त्यु भएको हो।

दुर्घटनामा परी ग-म्भीर घाइते भएका गोभाजुलाई ट्रमा सेन्टर लगिएको भए पनि डाक्टरले उनलाई मृ-त घोषणा गरेका थिए। दुर्घटनामा परी अर्का एकजनाको हातमा चोट लागेको छ भने अन्यको आवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किने क्रममा दुर्घटना भएको हो।

नक्कली प्रहरी बनेर पैसा ठगी गर्ने दुई जना पक्राउ !

कैलाली । धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई नक्कली प्रहरी बनेर उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल र सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।

आफूहरु कैलाली जिल्ला प्रहरीबाट सादा पोशाक खटिएका प्रहरी भएको भन्दै स्थानीय व्यापरीहरुसँग पैसाको माग गरेको खबर पाएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दुई जनालाई व्यापारीसँग लिएको पैसाकै साथमा पक्राउ गरेको हो। उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकालाई हिरसातमा लिएर यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१४:३५

साढे दुई करोडको पहुँचमा इन्टरनेट