मेस्सीको दिमाग, रोनाल्डोको हेडिङ, एम्बापेको गति: कस्तो होला त एक काल्पनिक पर्फेक्ट खेलाडी ? हेर्नुहोस्

ईएसपीएनले विश्वका सर्वश्रेष्ठ खेलाडीहरू मध्येबाट विभिन्न योग्यताहरू लिएर एक परम कल्पना फुटबलर सिर्जना गर्ने प्रयास गरेको छ। लेखक मार्क ओग्डेनले दिमाग, चाल, हेडिङ, दायाँ खुट्टा, बायाँ खुट्टा, गति र शक्ति जस्ता महत्वपूर्ण गुणलाई केन्द्रित गर्दै एक पर्फेक्ट आक्रमिक खेलाडी निर्माण गर्ने कोशिस गरे।

६ पटकका ब्यालोन डी ओर विजेता लियोनल मेस्सीको मस्तिष्क पहिलो गुणको रूपमा चयन गरिएको थियो र जसलाई न्याय गर्न निकै सजिलो हुन्छ। अतुलनीय भिजन र जागरूकताका साथ अर्जेन्टिनी स्ट्राइकर उक्त गुणको मामिलामा संसारका हरेक खेलाडी भन्दा माथि रहेको कुरा सायद सबैले स्वीकार गर्छन्।

 

धेरैलाई आश्चर्य लाग्छ सक्छ कि लिभरपुल स्टार मोहम्मद सलाहको बायाँ खुट्टा लियोनल मेस्सी र ग्यारेथ बेलको अगाडी चुनियो। आफ्नो ट्रेडमार्क स्ट्राइकमा शक्ति र सटीक संयोजन गर्न सक्षम रहेको कारण सलाहले यस क्षेत्रमा स्थान पाएको हुनुपर्छ। डेभिड बेक्यामको तुलनामा विपक्षीको बक्समा बल वितरणको गुणको कारण केभिन डी ब्रुएनको दाइने खुट्टा रोजाईमा पर्यो।

क्रिस्टियानो रोनाल्डो पक्कै पनि हेडिङका लागि सबैभन्दा तार्किक विकल्प थिए। एर्लिंग हालान्डको शक्ति र रोबर्ट लेवान्डोस्कीको चतुर चालले एक पर्फेक्ट बुन्डेसलिगा स्ट्राइकर सिर्जना गर्छ र तपाईंसँग किलियन एम्बाप्पेको जस्तो छ भने यी सबैको संयोजनले कुनै पनि डिफेन्डरको करियर अन्त्य गर्न सक्छ।

फ्यान्सहरुले यसमा बहस गर्न सक्छन् र एक काल्पनिक खेलाडी सिर्जना गर्ने आफ्नै तरिका हुनसक्छ। तर माथि उल्लेख गरिएका गुणका साथ पनि एक उत्कृष्ट खेलाडी बन्न सक्छ।

काल्पनिक फुटबलर:

दिमाग: लियोनल मेस्सी

हेडिङ: क्रिस्टियानो रोनाल्डो

दायाँ खुट्टा: केभिन डी ब्रुएन

बायाँ खुट्टा: मोहम्मद सलाह

गति: किलियन एम्ब्बप्पे

शक्ति: एर्लिंग हालान्ड

चाल: रोबर्ट लेवान्डोस्की

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१७:४४

२०१२ को मेस्सी फुटबल जगतकै सर्वोत्कृष्ट खेलाडी थिए, हेर्नुहोस् यो भिडियो [भिडियो सहित]