पाल्पामा सामुदायिक वनमा लागेको आगलागीमा परेर ९ वर्षीय बालिकाको मृत्यु !

पाल्पा — गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला धाराखोलामा आगलागीमा परेर शुक्रबार एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ९ वर्षीया संगीता परियार छिन्।

नजिकैको धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा उनको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पुरुषोत्तम पाण्डेका अनुसार संगीताको घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा आगोलागीमा परेर जलेर ज्यान गएको भएको हो।

कार दुर्घटनामा एकको ज्यान गयो 

काठमाडौँ । पेप्सीकोलामा कार दुर्घटना हुँदा एकको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार बिहान ५:४५ तिर मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा काठमाडौँ-३२ वडा कार्यालय अगाडी अनियन्त्रित भई रेलिङमा ठोक्किँदा एक जनाको मृ-त्यु भएको हो।

दुर्घटनामा परी ग-म्भीर घाइते भएका गोभाजुलाई ट्रमा सेन्टर लगिएको भए पनि डाक्टरले उनलाई मृ-त घोषणा गरेका थिए। दुर्घटनामा परी अर्का एकजनाको हातमा चोट लागेको छ भने अन्यको आवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किने क्रममा दुर्घटना भएको हो।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१६:५४

थपिए कोरोनाका १७९ नयाँ संक्रमित, निकै हुनेको सङ्ख्या १११ !