थपिए कोरोनाका १७९ नयाँ संक्रमित, निकै हुनेको सङ्ख्या १११ !

काठमाडौँ — शुक्रबार देशभर १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ६५ जनामा गरिएको परीक्षणमा १७९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९६२ रहेको छ । हाल नेपालमा १ हजार ६४७ सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार कोरोना संक्रमणको कारण थप कसैको पनि मृ-त्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तोमा, अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार ३१ रहेको छ ।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१७:००

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीका धारामा !