कांग्रेसले सरकार ढाल्ने निर्णय गरेपछि बाबुराम खुशीले गदगद, यसो भने !

काठमाडौँ – नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार भएपछि जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रफुल्ल भएका छन्।

शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र नयाँ सरकार निर्णयमा भूमिका खेल्ने निर्णय गरेको थियो। त्यस निर्णयलाई भट्टराईले स्वागत गरेका छन्।

शनिबार बिहान एक ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्रीको राजीनमासँगै आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णयलाई सराहनीय कदम भएको टिप्पणी गरेका छन्।

“अन्तत: प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभूलौं।”,ट्वीट गर्दै भट्टराईले भनेका छन्।

प्रत्येक राजनीतिक दलका आ-आफ्ना एजेण्डा भए पनि देश‚ जनता र लोकतन्त्र सबैभन्दा माथि हुने पनि भट्टराईले बताएका छन्। हालको मुख्य प्राथमिकता प्रधानमन्त्री ओलीको बिदाइ भएको भट्टराईको बुझाई छ।

उनले लेखेका छन्,”आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!”

प्रकाशित : शनिबार, चैत २१, २०७७११:०३

तत्काल पानी पर्ने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद् !