हालाण्डको मूल्य सुनेर सिटि तर्सिएकै हो त ? ग्वार्डीओलाले यसो भने !

एजेन्सी – म्यानचेस्टर सिटिले जर्मन क्लब बोरुसिया डर्टमण्डका अर्लिङ ब्राउट हालाण्ड माथि बोलि नलगाउने सङ्केत गरेको छ। सिटिका प्रशिक्षक पेप ग्वार्डीओलाले हालाण्ड माथि बोलि नलगाउने सङ्केत गरेका हुन्।

हालाण्ड जस्तो महँगो स्ट्राइकर किन्ने पक्षमा आफूहरु नरहेको उनले बताए। हालको अवस्थामा महँगा खेलाडी किन्ने योजना सिटिको नरहेको उनले स्पष्ट पारे।

“यति धेरै महँगा स्ट्राइकर हामी किन्ने छैनौँ। यो असम्भव छ। हामी यो खर्च गर्न सक्दैनौं।”,उनले भने,”अहिले सबै क्लब संघर्षरत छन्। हामी पनि हालको अवस्थामा अछुतो छैनौँ।”

केहि समय अगाडी मात्रै डर्टमण्डले हालाण्डको मूल्य तोकेको खबर आएको थियो। उक्त खबरका अनुसार हालाण्डको मूल्य १ सय ५० मिलियन युरो माथि तोकिएको थियो। यहि विषय बारे टिप्पणी गर्दै ग्वार्डीओलाले त्यति महँगोमा खेलाडी किन्ने आफूहरुको अवस्था नरहेको बताएका हुन्।

निकट भविष्यमा थप स्ट्राइकर किन्ने आफूहरुको योजना नरहेको पनि उनले बताए। ग्वार्डीओलाका अनुसार कम्तिमा एक सिजन थप स्ट्राइकर किन्ने योजनामा सिटि छैन। उनले भने,”के हुन्छ भन्न त सकिँदैन। हालको अवस्था हेर्दा अर्को सिजनमा थप स्ट्राइकर नकिन्ने सम्भावना देखिन्छ।”

सिटिले सर्जियो अगुएरोको स्थानमा नयाँ खेलाडी ल्याउन चाहेको बताइन्छ। अगुएरोले आउँदो ट्रान्सफरमा क्लब छाड्ने लगभग निश्चित जस्तै भइसकेको छ। उनको ठाउँमा सिटिले हालाण्ड र ह्यारी केनलाई ल्याउन चाहेको बताइन्छ।

प्रकाशित : शनिबार, चैत २१, २०७७११:५७

कता जालान् एम्बाप्पे ? नेयमारको के होला भविष्य ?