राजीनामा दिने ओलीको घोषणा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजीनामा दिन तयार रहेको बताएका छन्। शनिबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले राजीनामा दिन आफू तयार रहेको बताएका हुन्।

शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले समर्थन फिर्ता भए राजीनामा आउने बताए। लगातार आफ्नो राजीनामा माग्ने काम भइरहेको ओलीको भनाई छ।

ओलीले भने,”आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ। ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।”

सरकारले गरेका राम्रा कार्यलाई प्राथमिकता दिने भन्दा पनि राजीनामा माग्ने कार्य बढी भएको ओलीले सुनाए। पत्र-पत्रिकाहरुले पनि आफ्नो राजीनामालाई नै प्राथमिकतामा राखेको ओलीको भनाई छ।

“मेरो राजीनामा दिनैपिच्छे एक-एक वटाले मागेका हुन्छन्, त्यो अखबारले समाचार छाप्छ। मेलम्चीको पानी आएको थाहा पाउँदैन।”,ओलीले भने।

प्रकाशित : शनिबार, चैत २१, २०७७१३:२१

‘फूलबुट्टे सारी’को संस्कृत भर्सन पनि आयो ! [भिडियो सहित]