‘फूलबुट्टे सारी’को संस्कृत भर्सन पनि आयो ! [भिडियो सहित]

काठमाडौँ – विभिन्न भर्सनमा सार्वजनिक भएर भाइरल भइसकेको ‘फूलबुट्टे सारी’ को अर्को एक भर्सन पनि सार्वजनिक भएको छ। पछिल्लो पटक ‘फूलबुट्टे सारी’ गीतको संस्कृत भर्सन सार्वजनिक भएको हो।

संस्कृत भर्सनमा आवाज जागरण घिमिरेले दिएका छन्। ‘फूलबुट्टे सारी’का शब्दहरुलाई संस्कृतमा एन स्वामीले अनुवाद गरेका हुन् । गीतको म्युजिक भिडियो पनि युट्युबमा सार्वजनिक भएको छ। गीतकाे संस्कृत भर्सनको भिडियो ‘केएन स्वामी अफिसियल नामको युट्युब च्यानलमा उपलब्ध छ।

केहि समय अगाडी मात्रै गान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले गाएको ‘फूलबुट्टे सारी’ को कभर भर्सन सार्वजनिक गरेकी थिइन्। उक्त कभर भर्सन सामाजिक संजालमा भाइरल नै भएको थियो।

यस अगाडी ‘फूलबुट्टे सारी’ मार्मिक लामा, मिलन अमात्य, मदन कृष्ण श्रेष्ठ र आरिष्मा शिवाकोटीको स्वरमा आइसकेको छ।

प्रकाशित : शनिबार, चैत २१, २०७७१४:१०

“कांग्रेसको निर्णयपश्चात नेपालको राजनीतिले कोल्टे फेर्यो”