रोनाल्डोका कारण युभेन्टस हारबाट जोगियो !

एजेन्सी – खेल सकिन अन्तिम ११ मिनेट बाँकी रहँदा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ ।

युभेन्टसले टोरिनोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा र त्यसपछि हारनजिक पुगेको अवस्थामा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

टोरिनोमा शनिबार राति भएको खेलमा युभेन्टसले खेलको १३औं मिनेटमा फेडरिको चिइसाको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासलाई सदुपयोग गरेका थिए । २७औं मिनेटमा एन्टेनियो सानाब्रियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा शुरुमै अर्थात ४६औं मिनेटमा सानाब्रियाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले जर्जियो चिलियानीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै युभेन्टसलाई हारबाट जोगाए ।

यो बराबरीपछि युभेन्टस २८ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा रहेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानभन्दा १२ अंकले पछि छ । इन्टरको ६८ अंक छ । टोरिनो २४ अंक जोडेर १७औं स्थानमा छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा शीर्षस्थानमा रहेको इन्टर मिलानले बोलोग्नालाई १–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको छ । इन्टरको जितमा रोमेलु लुकाकुले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित : आइतबार, चैत २२, २०७७०९:३९

को बन्ला त यो वर्षको युरो कपको टप स्कोरर: यी हुन् १० प्रमुख दाबेदार !