कोरोना खोप लगाएका १० जनाको ज्यान गयो, कारण खोजिँदै !

काठमाडौं – कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृ-त्यु भएपछि मृ-त्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ-त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरु गरेको हो ।

खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृ-त्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरु गरिएकोे हो । डा. अर्यालका अनुसार मृ-त्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् ।

उनीहरूका आफन्तले पनि मृ-त्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् । तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरु गरेको बताइएको छ ।

नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।

यो खोप लगाउनेहरूमा खासै गम्भीर खालको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका अनुसार केहीमा सामान्य ज्वरो आउने र जिउ दुख्ने गरेको देखिएको छ भने कसैकसैलाई भने चिकित्सकको निगरानीमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृ-त्यु भइसकेको छ ।

प्रकाशित : आइतबार, चैत २२, २०७७१०:३४

भारतमा कोरोनाको आँधि, नेपाल उच्च जोखिममा !