एजेन्सी – पाकिस्तानमा बलिउड फिल्महरूको राम्रो पकड छ। विशेष गरी केहि कलाकारहरु भारतमा भन्दा पनि पाकिस्तानमा बढी रुचाइन्छन्। जब पनि बलिउड चलचित्रहरु त्यहाँका सिनेमाघरहरूमा प्रदर्शित हुन्छन्, बलिउड निर्माताहरू मालामाल हुन्छन्।
पाकिस्तानी चलचित्रघरका मालिकहरु आफैंले पनि भारतीय चलचित्रहरुका कारण हल चल्ने गरेको बताउने गरेका छन्। केहि बलिउड कलाकारहरु पाकिस्तानमा यति धेरै चर्चित छन् कि उनीहरुको हरेक चलचित्र त्यहाँ हिट हुन्छन्। तर केहि यस्ता बलिउड कलाकार पनि छन्, जसलाई पाकिस्तानीहरु एक दमै घृणा पनि गर्छन्।
सनी देओल
पाकिस्तानी सबै भन्दा बढी कुनै बलिउड कलाकारलाई घृणा गर्छन् भने ती सनी देओल हुन्। पाकिस्तानीहरु सनी देओललाई फिटिक्कै मन पराउँदैनन्। गदर: एक प्रेम कथा, इंडियन, माँ तुझे सलाम र बोर्डर जस्ता चलचत्रमा निभाएका भूमिका र पाकिस्तानीलाई गरिएको चित्रणका कारण सनी देओल पाकिस्तानमा अलि बढी नै आलोचित छन्।
सुनील शेट्टी
सुनील शेट्टी बलिउड कलाकारहरू मध्ये एक हुन् जसलाई पाकिस्तानमा फिटिक्कै मन पराइदैन। चलचित्र ‘मे हुँ ना’मा निभाएको भूमिकाका कारण सुनील शेट्टीलाई पाकिस्तानीहरु मन पराउँदैनन्।
कंगना रणावत
बलिउडका क्विनको उपनामले चिनिने कंगनालाई पाकिस्तानीहरु धेरै नै घृणा गर्छन्। सामाजिक संजाल देखि मिडिया सम्म कंगनाले दिने गरेका अभिव्यक्तिका कारण कंगनालाई पाकिस्तानमा घृणा गरिन्छ।