‘ग्रेटेस्ट एरा अफ फुटबल’ नामक यो मेस्सी र रोनाल्डोको उत्कृष्ट भिडियो, देखाउँछ यी दुई कुन स्तरका खेलाडी हुन् [भिडियो सहित]

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको करियरका विभिन्न अविस्मरणनिय क्षणको एक भिडियो भाइरल भएको छ जसले देखाउँछ कि उनीहरु कति उत्कृष्ट छन् भनेर।

मोडर्न डे ग्रेट खेलाडीद्वयलाई यो पुस्ता कै सर्वोत्कृष्ट खेलाडी मानिन्छ र फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्येमा पर्छन्। यूट्यूब च्यानल ‘म्याजिकल मेस्सी’ को ‘ग्रेटेस्ट एरा अफ फुटबल’ भन्ने भिडियो अहिले भाइरल भएको छ। हेर्नुहोस् उक्त भिडियो……

यस भिडियोमा रोनाल्डो र मेस्सीको खेलजीवनका विभिन्न उत्कृष्ट गोलहरुका साथै फुटबल पण्डितको नजरमा यी दुई खेलाडीले मोडर्न फुटबलमा पारेको प्रभावका बारेमा समेत चर्चा गरिएको छ। रोनाल्डोले युभेन्टस विरुद्ध गरेको ओभर-हेड गोल देखि लिएर मेस्सीले कोपा डेल रे फाइनलमा बिल्बाओ विरुद्ध गरेको गोल लगायत यी दुई महान खेलाडीले देखाएका जादुमय पलहरु पनि छन्।

उमेरको उल्टो पाटोमा आइसक्दा पनि यी दुई खेलाडी अझै पनि खेलको टप लेभलमा उत्कृष्ट प्रदर्शन गर्दैछन्। ३६ वर्षीय रोनाल्डोले यस सिजन सरी-ए मा २४ गोल गरिसकेका छन् भने ३३ वर्षका मेस्सीले ललिगामा २३ गोल गरेका छन्। दुवै खेलाडी आ-आफ्नो लिगमा टप गोल स्कोरर हुन्।

विगत १५ वर्ष देखि मेस्सी र रोइनाल्दो बीच को उत्कृष्ट भन्ने चर्चा चल्दै आएको छ जुन विवाद आज पनि कायमै छ। तर सायद अब यी दुई महान् खेलाडीको अन्तिम केहि वर्षको समयमा हामी सबैले को भन्दा को उत्कृष्ट भन्ने भन्दा पनि दुबैको खेलको मज्जा लिने समय आएको छ।

प्रकाशित : आइतबार, चैत २२, २०७७१८:२५

शीर्षस्थानको एट्लेटिकोको हार, बार्सिलोना र रियल म्याड्रिडलाई फाइदा !