“युभेन्टस विरुद्ध गरेको ओभर-हेड गोल भन्दा जर्जिनासँगको सम्बन्ध उत्कृष्ट लाग्छ”

युभेन्टस सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो करियरको सबैभन्दा उत्कृष्ट गोललाई पनि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्जसँगको यौ-न सम्बन्धसँग तुलना गर्न सक्दैनन्।

३६ वर्षीय पोर्चुगिज कप्तानले २०१८ मा युभेन्टस विरुद्ध गरेको ओभर-हेड किक गोल आफ्नो जीवनको सर्वोत्कृष्ट गोल रहेको स्वीकार गरेका छन्। २०१९ मा गुड मार्निंग ब्रिटेनका पूर्व-सह-होस्ट पाइर्स मोर्गनसँग कुरा गर्दै रोनाल्डोले दाबी गरेका थिए कि उनको त्यो उत्कृष्ट गोल पनि २७ वर्षीय रोड्रिग्जसँग आफ्नो यौ-न अनुभवको नजिक पनि आउँदैन। ५ पटकका ब्यालुन डी ओर विजेताले भनेका थिए,”रोड्रिग्जसँग तुलना गर्न मिल्दैन।”

पूर्व रियल म्याड्रिड स्टारले आफूले युभे विरुद्ध गरेको गोलका बारेमा बोल्दै भनेका थिए,”मैले यस्तो गोल गर्न धेरै वर्ष देखि प्रयास गरिरहेको थिएँ। मैले ७०० भन्दा धेरै गोल गरे, तर यस्तो गोल गर्न सकेको थिएन। अन्ततः मैले एक सुन्दर बाइ-साइकल गोल गर्न सफल भएँ। जुन तरिकाले मैले युभे विरुद्ध, बुफोन विरुद्ध च्याम्पियन्स लिगमा त्यो गोल गरें, निकै सुन्दर थियो।”

इरिना साएकसँग ५ वर्षको सम्बन्ध टुटेपछि २०१६ बाट रोनाल्डो र स्पेनिस मोडल जर्जिना रोड्रिग्ज प्रेम सम्बन्धमा रहेका छन्। पूर्व म्यानचेस्टर युनाइटेड सुपरस्टार र रोड्रिग्जको पहिलो बच्चा २०१७ मा भयो जसको नाम एलाना मार्टिना हो।

प्रकाशित : आइतबार, चैत २२, २०७७१८:२२

मेस्सी र रोनाल्डो एकै टिमबाट खेले भने के होला ? आफैं हेर्नुहोस् [भिडियो सहित]