“मेस्सी बार्सिलोना मै बस्छन् र फेरी विश्वको नम्बर एक खेलाडी बन्छन्”

एजेन्सी – लियोनेल मेस्सी बार्सिलोना नछाड्नेमा पूर्व बार्सिलोना स्काउट आन्द्रे कुरी विश्वस्त छन्। बार्सिलोनासँग मेस्सीले नयाँ सम्झौता गर्ने उनको विश्वास छ।

कुरीले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मेस्सी बार्सिलोनासँग नयाँ सम्झौता गर्ने दावी गरे। उनका अनुसार बार्सिलोनाको परिस्थित फेरिएको छ। फेरिएको अवस्थामा मेस्सी सन्तुष्ट बन्दै गएका छन्।

“मलाई लगभग पूरा विश्वास छ कि लियोले क्लब छाड्ने छैनन्, बार्सिलोनामै बस्नेछन्।”,कुरीले अन्तर्वार्तामा भनेका छन्,”बार्सिलोनासँग उनले नयाँ सम्झौता गर्नेछन्।

बार्सिलोनाको टिम बिस्तारै राम्रो बनिरहेको र त्यसले मेस्सीलाई बार्सिलोनामै अड्याउन भूमिका खेल्ने उनको भनाई छ। आउने समयमा बार्सिलोनाको टिम थप सशक्त हुने उनले विश्वास व्यक्त गरे। त्यति मात्र नभई आउने समयमा मेस्सी पुनः विश्वको नम्बर एक खेलाडी हुने कुरीको दावी छ।

“उनी फेरी बार्सिलोनामै खुशी हुनेछन्। त्यहाँ राम्रो टिम बन्दैछ। एक-दुई वर्षमै फेरी मेस्सी विश्वको नम्बर एक खेलाडीको रुपमा उदाउनेछन्।”,कुरी भन्छन्,”लियोको घर बार्सिलोना र अर्जेन्टिना हो। लियो अर्जेन्टिनालाई प्रेम गर्छन् र उनी आफ्नो सम्पूर्ण तागत लगाएर राष्ट्रिय टीम र बार्सिलोनाका लागी खेल्छन्।”

त्यस्तै कुरीका अनुसार राम्रो टिम नभएका कारण मेस्सी भड्किएका हुन्। भनाई र गराईमा फरक परेकाका कारण पनि मेस्सी भड्किएको कुरीले बताए।

उनले भने,”मेस्सीलाई केहि कुराले सताएको छ भने त्यो टिमको स्तर हो। उनी राम्रो टिम चाहन्छन्। र अर्को कुरा बार्सिलोनाका अधिकारीहरुले भन्ने एउटा र गर्ने अर्को गरेका कारण पनि लियो भड्किएका हुन्।”

प्रकाशित : आइतबार, चैत २२, २०७७१६:३२

हालाण्डले डर्टमण्ड छाड्ने बाटो बन्दै ! कता जालान् ?