ज्योतिषविज्ञानमा नामको निकै महत्व हुन्छ। नामको पहिलो अक्षरबाट ज्योतिष शास्त्रमा जीवनमा खुशी र दुख कहिले हुन्छ थाहा हुन्छ। नामबाट कुनै व्यक्तिको व्यक्तित्व पनि जान्न सकिन्छ। आज हामी तपाईलाई B, H, L, P, R र S बाट नाम शुरु हुने युवती/महिनाहरुको स्वभाव कस्तो हुन्छ भनेर बताउन गईरहेका छौ।
B अक्षरबाट नाम सुरु हुने व्यक्तिको स्वभाव
जुन केटिको नाम बीबाट सुरु हुन्छ। उनीहरुको मन सफा हुन्छ। तर उनीहरु सानोसानो कुरामा रिसाई रहन्छन्। यहिनै उनीहरु मुख्य समस्या हो। यस अक्षरबाट नाम सुरु भएका युवती/महिनाहरु आआफ्नो रिस अरुलाई पोख्छन्। रिसालु भएपनि उनीहरुको मनका धनी हुन्छन्।
H अक्षरबाट नाम सुरु हुने व्यक्तिको स्वभाव
यस अक्षरबाट नाम सुरु हुने युवती/महिनाहरु सबैजनासँग मिलेर बस्न मन पराउँछन् । उनीहरु घर-परिवारका सबैको ख्याल राख्छन्। उनीहरु आफ्नो र आफ्नो परिवारको मान-सम्मान को लागि कुनै पनि हदसम्म जान तयार हुन्छन् । तर उनीहरु अलि बढी नै रिसाउने गर्छन् । उनीहरु आफ्नो रिसलाई काबु राख्न सक्दैनन्। जसकारण उनीहरुलाई आफैंलाई नोक्सान पनि पुर्याइरहेका हुन्छन् ।
L अक्षरबाट नाम सुरु हुने व्यक्तिको स्वभाव
यस अक्षरबाट नाम सुरु हुने युवती/महिनाहरुलाई आफ्नो छवी खराब हुने कुनै पनि काम गर्न मन पर्दैन। हरेक काममा अगाडी रहने यिनीहरुको चाहना हुने गर्छ । L अक्षरबाट नाम सुरु हुने महिला/युवतीहरु आफ्नो जीवनमा नयाँनयाँ कार्य गर्न मन पराउँछन्। तर उनीहरुको रिसले उनीहरुलाई कम्जोर बनाउँछ। उनीहरु कसै न कसैलाई आफ्नो रिस पोख्न थाल्छन्। तर उनीहरुको मन निकै सफा हुन्छ।
P अक्षरबाट नाम सुरु हुने व्यक्तिको स्वभाव
यस अक्षरबाट नाम शुरु हुने केटी मान्छेहरु स्वभावले निकै रिसाहा हुन्छन्। उनीहरुको स्वभाव अधिक कम बोल्ने वा एकदम शान्त रहने खालको हुन्छ। यिनीहरुलाई कम बोल्न र आफ्नो दुनियामा हराउन मन पर्छ। उनीहरु कहिले पनि आफ्नो रिस अरुलाई पोख्दैनन्।
R अक्षरबाट नाम सुरु हुने व्यक्तिको स्वभाव
R अक्षरबाट नाम सुरु हुने केटीहरु निकै सुन्दर हुनुको साथसाथै तेज दिमाख भएका पनि हुन्छन्। जस कारण जोकोहि यिनीहरुसँग छिट्टै आकर्षित हुन्छन्। यस्ता महिला समाजको लागी काम गर्छन्। तर रिस उनीहरुको सबैभन्दा ठुलो कमजोरी हुन्छ। उनीहरु रिस र माया गर्न निकै सिपालु हुन्छन् । तर उनीहरु आफ्नो दुख लुकाउन सक्दैनन् ।
S अक्षरबाट नाम सुरु हुने व्यक्तिको स्वभाव
यस नाम केटीहरु प्रेमको मामलामा सधैँ बफादार हुन्छन्। तर दुश्मनी पनि राम्रोसँग निभाउछन्। उनीहरु देख्नमा निकै सोझा हुन्छन्। तर रिस भने उनीहरुको नाक मै हुन्छ। रिसको कारण नै मान्छेले उनीहरुसँग दूरी राख्छन्।