लगातार दुई दिन चैत महिनाकै महँगो भएको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – हप्ताको पहिलो दिन घटबढ नभएको सुनको मूल्य सोमबार घटेको छ। शुक्रबार बढेर आइतबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जस पश्चात छापावाला सुनको मूल्य नेपाली बजारमा ९७ हजार २ सय रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार र शुक्रबार एकै मूल्य ९७ हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो। शुक्रबार र आइतबार कायम भएको सुनको मूल्य यस महिनाकै महँगो हो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी दुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी अगाडी तेजाबी सुनको मूल्य आइतबार र शुक्रबार ९६ हजार ७ सय ५० रुपैंयाँ थियो।

चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा रु ५ले घटेसँगै नेपाली बजारमा चाँदीको मूल्य १२ सय ३५ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, चैत २३, २०७७११:२६

नेप्सेमा झिनो मात्र वृद्धि हुँदापनि यी कम्पनीमा लगानी गर्नेले कमाए !