प्रियंकाका अलावा यी बलिउड स्टारले पनि गरिसकेका छन् हलिउड चलचित्रमा काम !

बलिउड स्टारले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएका छन्। हलिउडमा यी स्टारले आफ्नो अभिनयको छाप छोडेका छन्। प्रियंका  चोपडा हलिउडको स्थापित कलाकार भईसकेकी हुन्। उनी बाहेक बलिउडको कैयौँ  स्टारले हलिउडमा काम गरेका छन्।

अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चनले पनि हलिउडमा आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएका छन्। उनले हलिउडका चर्चित  अभिनेता र ओस्कर विजेता लियोनार्डो डी क्यापरियोको फिल्म ‘द ग्रेट गैट्सबाय’ मा काम गरेका थिए। यो फिल्म २०१३ सालमा रिलीज भएको थियो। उनी फिल्ममा केहि समयको लागि मात्र देखिएका थिए।

ऐश्वर्या राय बच्चन

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनले  हलिउड फिल्म  ‘द पिंक प्यान्थर २ ‘ र ”द लास्ट लीजनमा काम गरिसकेकी छन्।  दर्शकले  दुवै फिल्ममा ऐश्वर्या राय बच्चनको अभिनयलाई निकै रुचाएका थिए।

इरफान खान

यस दुनियाबाट टाढा भईसकेका इरफान खानले बलिउड बाहेक हलिउड फिल्ममा पनि काम गरेका थिए। उनले ‘न्यूयोर्क आई लव यू’,’द वारियर’, ‘जुरासिक वर्ल्ड’, ‘इनफेरनो’ र ‘द अमेजिंग स्पाइरम्यान’ जस्ता कैयौँ हलिउड फिल्ममा काम गरेका थिए ।

रणदीप हुड्डा

गम्भीर भूमिका निभाउने रणदीप हुड्डा पनि हलिउड फिल्ममा देखिसकेका छन्।  केहि समय पहिले ओटीटी प्लेटफर्ममा  रिलीज भएको हलिउड फिल्म ‘एक्सट्रेक्शन’ मा  रणदीप मुख्य भूमिकामा थिए। फिल्ममा  क्रिस हेम्सवर्थ पनि थिए।  रणदीपले अभिनयको मामलामा उनलाई पनि टक्कर दिएका थिए। रणदीपलाई यस फिल्ममा निकै मन पराईएको थियो।

दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिकाले पनि  हलिउडमा आफ्नो अभिनय देखाईसकेकी छन्।  दीपिका विन डीजलसँग फिल्म  ‘एक्सएक्सएक्स: रिटर्न अफ जेंडर केज’ मा देखिएकी थिइन्।  यस फिल्मले पर्दामा सफलता त पाएन्। तर पनि फ्यानले दीपिकाको अभिनयलाई निकै मन पराएका थिए।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:३२

यी बलिउड कलाकारलाई सोध्नुस् सन्तान गुमाउनुपर्दाको पिडा !