“नेइमार र रोनाल्डिन्होसँग बेस्ट बन्ने सबै गुण थियो तर उनीहरु नै बेस्ट बन्न चाहेनन्”

पेरिस सेन्ट-जर्मेन सुपरस्टार नेइमार र ब्राजिलियन दिग्गज रोनाल्डिन्हो दुबैसँग बेस्ट बन्नको लागि सबै थोक छ तर दुई मध्ये कसैले पनि बेस्ट बन्न सबै थोक दिएनन्। यो कुरा पूर्व बार्सिलोना तथा पीएसजी स्टार लुडोभिक गुइलीका अनुसार हो, जसले नेइमार र रोनाल्डिन्हो बीच तुलना गरे।

टेलीफुटसँग कुरा गर्दै ४४ वर्षीय फ्रेन्च खेलाडीले भने,”म रोनाल्डिन्हो र नेइमारलाई उनीहरुको करियर बीच तुलना गर्छु। उनीहरु दुबैसँग सबै थोक छ तर अझ माथि पुग्नको लागि उनीहरुले आफूसँग भएको सबै थोक दिएनन्।”

ब्राजिलियन स्टार नेइमारलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक मानिन्छ तर उनी आफ्नो क्षमता अनुसारको स्तरमा पुग्न नसकेको भनेर धेरैले उनको आलोचना गर्ने गर्छन्। उनी हालै मात्र लिलसँगको खेल विरुद्ध पाएको रातो कार्डका कारण चर्चामा रहेका छन्। यस्तोमा अहिले फेरी एक पटक उनी बार्सिलोना फर्कने बारे चर्चा सुरु हुन थालेको छ।

२०१७ मा बार्सिलोनाबाट पीएसजी आएका नेइमारले क्लबका लागि १०५ खेल्दै ८३ गोल गरेका छन्। त्यस्तै, उनले थप ४७ असिस्ट पनि प्रदान गरेका छन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:३४

मेस्सी, रोनाल्डो, लेवान्डोस्की: को छ त गोल्डेन बुट २०२०-२१ को दौडमा अगाडी ? हेर्नुहोस्