ब्यालुन डी ओर २०२१ पावर र्यान्किंग: रोनाल्डो आठौँ, मेस्सी तेस्रो, को-को छन् टप १० मा ?

२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….

१०. रुबेन डियाज (म्यानचेस्टर सिटी)

अघिल्लो समय: १० औं

२०२१ मा: १ गोल, १५ क्लिन सिट

९. करिम बेन्जामा (रियल म्याड्रिड)

अघिल्लो समय: नवौं

२०२१ मा: १२ गोल, १ असिस्ट

८. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)

अघिल्लो समय: आठौँ

२०२१ मा: १६ गोल, ३ असिस्ट, इटालियन सुपरकोपा उपाधि

७. एर्लिंग हालान्ड (बिरुसिया डर्टमुण्ड)

अघिल्लो समय: पाचौं

२०२१ मा: १६ गोल, ५ असिस्ट

६. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)

अघिल्लो समय:  सातौँ

२०२१ मा: ६ गोल, ६ असिस्ट

५. रोमेलु लुकाकु (इन्टर मिलान)

अघिल्लो समय:  छैठौं

२०२१ मा: १३ गोल, ४ असिस्ट

४. इलकाइ गुन्डुवान (म्यानचेस्टर सिटी)

अघिल्लो समय:  चौंथो

२०२१ मा: १४ गोल, ४ असिस्ट

३. लियोनल मेस्सी (बार्सिलोना)

अघिल्लो समय:  तेस्रो

२०२१ मा: १९ गोल, ८ असिस्ट

२. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

अघिल्लो समय:  पहिलो

२०२१ मा: २५ गोल, ३ असिस्ट, क्लब वर्ल्डकप उपाधि

१. किलियन एम्बाप्पे (पीएसजी)

अघिल्लो समय:  दोस्रो

२०२१ मा: १६ गोल, २ असिस्ट, ट्रफी डेस च्याम्पियन उपाधि

प्रकाशित : सोमबार, चैत २३, २०७७१७:३०

एथलेटिकोको हारको फाइदा उठाउने दाउमा बार्सिलोना, आज भालाडोलिडसँग भिड्दै !