बार्सिलोनाले रियल म्याड्रिडलाई उछिन्यो, एट्लेटिको सँगको अंकदूरी पनि एकमा झर्यो !

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

नवौं मिनेटमा सेडी जान्कोको दुई क्रसमा प्लानो र कोड्रोले प्रहारले पोस्टको दिशा लिन नसक्दा रियल भालाडोलिड अग्रता लिनबाट चुकेको थियो । ५७औं मिनेटमा प्लानोले काउन्टर अट्याकमा प्रयास गरेपनि सफल हुन सकेन । ५९औं मिनेटमा मेस्सीको पासमा औसमाने डेम्वेलेको प्रहारलाई भालाडोलिडका गोलरक्षक जोर्डी मसिपले नियन्त्रणमा लिन नसकेको रिवाउन्ड बललाई एन्टोइन ग्रिजमनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७१औं मिनेटमा डेम्वेलेको प्रहार सदुपयोग हुन सकेन । ७९औं मिनेटमा ओस्कार प्लानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । उनले डेम्वेलेमाथि फउल गरेका थिए । ८९औं मिनेटमा ट्रिन्काओको क्रसमा मोरिवाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुक्यो । लगत्तै डेम्वेलेले रोनाल्ड एराउजोको पासमा गोल गर्दै बार्सिलोनालइए जितसहित महत्वपुर्ण ३ अंक दिलाए ।

७९औं मिनेटमा ओस्कार प्लानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । उनले डेम्वेलेमाथि फउल गरेका थिए । यो जितसँगै बार्सिलोनाको २९ खेलबाट ६५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १ अंकले पछि तथा तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । भालाडोलिड २७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७०९:५०

मेस्सी बार्सिलोनामै रहनेमा नेयमार विश्वस्त, फेरी बार्सिलोना फर्कने चाहना !