सुन ३४ दिन यताकै महँगो !

काठमाडौँ – मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार सामान्य घटेको सुनको मूल्य मंगलबार केहि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जसपश्चात नेपाली बजारमा छापावाला सुनको मूल्य ८७ हजार ५ सय रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ८७ हजार ४ सय रुपैंयाँ र सोमबार ८७ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ८७ हजार ५० रुपैंयामा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ८६ हजार ९ सय ५० र सोमबार ८६ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

सुन महिना दिन यताकै महँगो

मंगलबार कायम भएको सुनको मूल्य करिब ३४ दिन यताकै महँगो रहेको छ। फागुन १९ गते ८७ हजार ५ सयमा कारोबार भएयता सुनको मूल्य कुनै पनि दिन आजको विन्दुमा पुगेको थिएन।

चैत महिनामा सुनको मूल्य

चैत महिनाको २४ गते सम्म आइपुग्दा सुनको मूल्यमा खासै धेरै उतारचढाव भएको छैन। छापावाला सुन यस महिना बढीमा ८७ हजार ५ सय र कममा ८५ हजार ७ सय सम्ममा कारोबार भएको छ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७११:२५

नेप्से हालसम्मकै उच्च बिन्दुमा, यी कम्पनीका शेयरमा ठूलो उछाल !