मेस्सी भन्दा आफू उत्कृष्ट भनेर रोनाल्डोले हरेक पटक प्रमाणित गरिसके: ओजिल

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो यो पुस्ताकै सर्वोत्कृष्ट खेलाडी हुन्। फुटबल इतिहासमा पनि सर्वोत्कृष्ट खेलाडी मध्येमा गनिने यी दुई खेलाडी बीच प्राय: तुलना भइरहन्छ। विगत एक दशक भन्दा पनि धेरै समयदेखि चल्दै आएको बहस हो: मेस्सी भर्सेस रोनाल्डो। यसबारे हरेको खेलाडी, पण्डित वा दर्शकको आ-आफ्नै तर्क हुनसक्छ।

यी दुबै खेलाडी एक-अर्कासँग एकदम भिन्न छन्। रोनाल्डो आफ्नो शरिरिकता र गोल स्कोरिंगका लागि प्रख्यात छन् भने मेस्सी रोनाल्डो जस्तो बलियो खेलाडी नभएता पनि उनी प्राविधिक खेलाडी हुन्। रोनाल्डोको तुलनामा मेस्सीलाई बढी क्षमतावान पनि भन्न सकिन्छ। यस्तोमा, हामीले यी दुई हस्ती बीच तुलना गर्नु भन्दा यी महान खेलाडीको खेलको आनन्द लिनुपर्छ।

मेस्सी र रोनाल्डो बीच पछिल्लो समय रियल म्याड्रिडका पूर्व स्टार मेसुट ओजिलले बोलेका छन्। ओजिलले पोर्चुगल स्टारसँग रियलमा ३ वर्षसँगै खेलेका थिए। यस्तोमा, रोनाल्डो र मेस्सी बीच को उत्कृष्ट भन्ने प्रश्न गर्दा ओजिलले रोनाल्डो नै मेस्सी भन्दा उत्कृष्ट रहेको तर्फा दिए।

ट्वीटरमा मेस्सी वा रोनाल्डो भनेर गरेको प्रश्नमा ओजिलले भने,”मेस्सीके आफू स्पेनमा उत्कृष्ट भएको प्रमाणित गरेका छन् तर रोनाल्डोले आफूले खेलेको हरेक देशमा आफू बेस्ट भएको प्रमाणित गरिसकेका छन्।” ओजिलले आफ्नो उत्तरमा तर्क समेत दिँदै रोनाल्डो बेस्ट भएको पुष्टि गरे।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:५१

चल्यो रियलको जादू, लिभरपुल पराजित !